विचित्र संसार

यी सुन्दरी युवती ‘ब्रा’ नै नलगाई अफिस पुगेपछि भयो यस्तो !

काठमाडौं । क्यानडामा एक युवती भित्री वस्त्र (ब्रा) नलगाइ कार्यालय जाँदा अप्ठारोमा परेकी छन् । क्यानडाको ओटावा शहरकी २५ वर्षकी क्रिष्टिना शैल नामकी ती युवतीले अफिस ब्रा नलगाइ जाँदा अप्ठारोमा परेकी हुन् ।

सबै कर्मचारीलाई तोकेको ड्रेसकोडमा महिलालाई ब्रा अनिवार्य गरिएको थियो । तर, उनी ब्रा नलगाइ जाँदा अप्ठारोमा परेकी हुन् । ड्रेस कोड पालना नगरेको भन्दै अफिसले उनलाई जागिरबाट बर्खास्त गरिदिएको छ ।

यता आफूमाथि अन्याय परेको भन्दै युवतीले कम्पनीविरुद्ध आफ्नो मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै अदालतमा रिट दायर गरेकी छन् ।

क्रिष्टिनाले अल्बर्टाको ओसोयोस गल्फ क्लवमा मदिराको पेग बनाउने र सदस्यहरुलाई दिने काम गर्थिन् ।

हालै कम्पनीले नयाँ ड्रेसकोड जारी गर्दै बार एटेण्डरलाई ब्रा लगाउनु अनिवार्य गराएको थियो । क्रिष्टिनाले २ वर्ष पहिलेदेखि ब्रा लगाउन बन्द गरेको बताएकी छिन् ।

ब्रा लगाउँदा आफूलाई निकै गाह्रो हुने भएकोले लगाउन छोडेको उनको भनाइ छ । –एजेन्सी