खेलकुद

माल्दिभ्ससँग पराजित भएसँगै नेपाल बाहिरियो

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत आजको भएको सेमिफाइनलमा माल्दिभ्ससँग नेपाल ३–० ले पराजित भएको छ । नेपालका लागि यो खेल ऐतिहासिक मानिएको थियो । नेपालले यो खेल जितेको भए पहिलोपटक फाइनलको स्थान सुरक्षित गर्ने थियो ।

माल्दिभ्सले नवौँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएका थिए । उसका लागि अब्दुल घानीले गोल गरेका थिए । ८४ औं र ८६ औं मिनेटमा क्रमशः दोस्रो र तेस्रो गोल इब्राहिम हसन वाहिदले लगातार गरेका थिए ।

यसैबीच, नेपाल साफबाटै बाहिरिएको छ ।