साहित्य

मोतीराम साहित्य पुरस्कार श्रेष्ठलाई

भद्रपुर । साहित्यकार मोतीराम भट्टका नाममा स्थापित ‘मोतीराम भट्ट साहित्य पुरस्कार’बाट नेपाली साहित्य परिषद् सिक्किमका पूर्वाध्यक्ष प्रद्युम्न श्रेष्ठ पुरस्कृत भएका छन्।
एक सय ५३ औंँ मोती जयन्तीको अवसरम त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीले रु ३० हजार राशिको पुरस्कारका साथ ताम्रपत्र प्रा डा गोपालप्रसाद भण्डारीले श्रेष्ठलाई आइतबार प्रदान गरेका हुन् । विसं २०५६ मा छत्रबहादुर बस्नेतले रु पाँच लाखको अक्षयकोष खडा गरी पुरस्कारको स्थापना गरेका थिए । दुई वर्षका अन्तरालमा वितरण गरिँदै आएको सो पुरस्कारबाट यसअघि इन्द्रबहादुर राई, गणेशबहादुर प्रसाईं, कृष्णभूषण बललगायत पुरस्कृत भइसकेको पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीले बताए ।