समाचार

लिगल सेमिनार तथा अन्तरक्रिया शुभारम्भ

काठमाडौं । विवाकको ५६ औं बार्षिक उत्सवको अवसरमा बलाध्यक्ष हेमन्तराज कुवँरले ५ (पाँच) दिने लिगल सेमिनार तथा अन्तरक्रिया कार्यक्रमको जंगी अड्डा परिसरमा शुभारम्भ गरेका छन् ।

उक्त अन्तरक्रिया कार्यक्रममा सबै पृतना हेक्वा, बाहिनी अड्डाहरुमा कार्यरत प्राड अधिकृत तथा पदिकहरुलाई सहभागी गराई हालै लागु भएको देवानी तथा फौजदारी संहिता र कार्यविधि जस्ता महत्वपूर्ण विषयहरुमा विषय विज्ञहरुलाई आमन्त्रण गरी मिति २०७५ भाद्र २९ गतेसम्म लिगल सेमिनार तथा अन्तरक्रिया कार्यक्रम संचालन हुनेछ ।

उक्त सेमिनारमा सहभागी हुनु हुने प्राड रथीबृन्द, अधिकृत र पदिकहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाबाट निर्देशन दिने कार्यक्रम समेत रहेको छ ।