आर्थिक

एनआइसी एसिया बैंक बिरुद्द सहकारी पिडितहरुद्घारा बैंक घेराउ

काठमाडौं । एनआइसी एसिया बैंक बिरुद्द सहकारी पिडितहरुले आज एनआइसि एसिया बैंक थापाथली कार्यालय अगाडी बिरोध र्याली सहित बैंक घेराउ गरेका छन ।

सहकारी पिडित हकहित संरक्षण समिति द्वारा बैंकलाइ ध्यानाकर्षण पत्र बुझाएका छन् पिडितलाइ न्याय गर, एन आइ सी एसिया बैंकले सम्पति लुट्न पाइदैन, ओरेण्टलको सम्पति फिर्ता गर जस्ता नारा हरु लेखियको व्यानर सहित बिरोध मा उत्रियका हुन उक्त बिरोध र्यालीमा बोल्दै सहकारी पिडित हकहित संरक्षण समितिकि अध्यक्ष कुन्ती पोख्रेल र हाउजीङ्ग पिडित समर खड्काले सयुंक्त रुपमा ओरेन्टलको धापासीस्थित २६ रोपनी जग्गा एनआइसी एशिया बैंकले बिना मुल्याकंन कब्जा गरेको छ । यसलाइ तुरुन्त रोक्नु पर्छ । यो जग्गा ओरेण्टल सहकारीका निक्षेप कर्ताहरुले सहकारीमा जम्मा गरेको निक्षेप रकम हो । सहकारीको निक्षेप सुधीर बस्नेतले अपार्टमेन्ट निर्माणमा लगानी गरेका थिए ।

अपार्टमेन्ट निर्माणका लागि बस्नेतले धितो राखेको २६ रोपनीको अर्बौंै पर्ने जग्गामा एनआइसी एशिया बैंकले बिना मुल्याकंन कब्जा गरेको छ । बैंकले सहकारी निक्षेपकर्ताहरुलाइ पिडित बनाएको छ । अहिले हामि बिरोध गर्न उत्रिदा साथ् बैंकीङ्ग कानुन र सहकारी कानुनमा ब्याबस्था हुंदाहुंदै पनि राष्ट्र बैंक र कानुनको नाम बेचेर हामि पिडित हरुलाई चील्ला कुरा गरी अन्तै घुमाउन खोजिरहेको छ । यो प्रक्रीया मिलाउने काम बैंक को हो, हाम्रो होइन ।

बैंक पनि साथि पनि भनेर चिनियको बैंकले हामि पीडीत हरुलाइ यस्ता कुरागरी अझ पिडित बनाउन मिल्दैन । बैंकले राष्ट्र बैंकको निर्देशन समेत लत्याएको छ । बैंकको बोर्ड कमिटिले निर्णय लियर पुग्ने ठाउँमा अहिले राष्ट्र बैंकको नाम लिएर हामीलाइ कीन अल्झयाइ रहेको छ । या राष्ट्र बैंक र एन आइ सि एसिया बैंकको मिलोमतो हुनु पर्छ । हामि एन आइ सि एसिया बैंकका साथसाथै राष्ट्र बैंकका बीरुद्घ पनि आन्दोलनमा उत्रन बाध्य हुनेछौं ।

यो सम्पति हामि पिडितहरुको हो । सुधिर बस्नेत को होइन र सम्पति ओरेन्टल तथा सुधिर बस्नेत ले पाउने पनी होइन । राज्यले कानुनि रुपमा आयोग बनाइदियको छ । बैंकले सम्पति फिर्ता गर्ने बित्तिकै हामि आयोगको माध्यम बाट पिडित हरु बाड्छौं । यसलाई बैंकले ओरेन्टल वा सुदिर बस्नेतको निहु पारेर हामीलाई झुक्याइराख्न मिल्दैन । यदि हाम्रो ध्यानाकर्षण पत्र तथा यो बैंक घेराउको बेवास्ता गरि हामीलाइ झुल्याउन खोजे हामि चरण बद्घ आन्दोलनमा उत्रन बाध्य हुनेछौ ।