विचार/ब्लग

ज्यूँदा सहिद टंकप्रसाद अाचार्यकाे जीवनका तीन महत्वपूर्ण पक्ष

अरबिन्द रिमाल/क्रुर पारिवारिक राणाशासनकाे विरुद्ध नेपालकाे पहिलाे सङ्गठित राजनीतिक संघर्ष, अथवा भनाैँ, असाधारण पर्चा अान्दाेलनलाई प्रजातान्त्रिक अान्दाेलन पनि भन्ने गरिन्छ। दशरथचन्द, रामहरि शर्मा, धर्मभक्त माथेमा, जीवराज शर्मा, गाेविन्दप्रसाद उपाध्याय,गङ्गालाल श्रेष्ठ, गणेशमान सिँह, चूडाप्रसाद शर्मा, पुष्करनाथ उप्रेती, मुकुन्दनाथ रिमाल, हरिकृष्ण श्रेष्ठ, चन्द्रमान कम्पाउण्डर, बलबहादुर के. सी.अादि अब्बल क्रान्तिकारीहरुले सक्रियरुपमा भागलिएकाे त्यस अान्दाेलनका नायक
टङ्कप्रसाद अाचार्य नै थिए।

यिनी अादिशहिद शुक्रराज शास्त्रीद्वारा पनि सम्मानित थिए। अाचार्य नै ती चार क्रान्तिकारी पर्चाहरुका लेखक थिए जसलाई उनी अाफैँले स्टेनसिल पेपर (stencil paper)- मा फलामकाे नीबले काेरेर अाफैँले कालाे मसीमा लिथाे (litho) गरेका थिए। अाचार्य पहिले त्यस अान्दाेलनका जनक र पछि, अमेरिकी नृवंशशास्त्री – इतिहासकार एवं उनकाे जीवनी-लेखक जेम्स फिशरका शब्दमा “Living Martyr”(ज्यूँदा शहीद)- काे नामले नेपालकाे इतिहासमा सम्मानित छन्।

अरबिन्द रिमाल

२०४९ साल बैशाख ११ गतेका दिन अाफ्नाे देहत्याग गरेका अाचार्यकाे जीवन एवं कर्मलाई चिरस्थायी गराउने र उनका ध्येयबारे नेपाली जनमानसलाई झक्झकाईरहने उद्देश्य लिएर २५ वर्षअघि अाचार्यका दशरथचन्दसँगैका एकअर्का सहयाेद्धा रामहरि शर्माकाे अध्यक्षतामा गठन भएकाे टङ्कप्रसाद अाचार्य स्मृति प्रतिष्ठान अहिले पनि सक्रियरुपले कार्यरत् छ। त्यस संस्थाले यही १६ गते अाफ्नाे वार्षिक सभामा यस प्रेषकलाई अध्यक्षमा पुन:निर्वाचित गरेर जुन सम्मान दियाे र जस्वापत अनेक मित्र एवं शुुभचिन्तकहरुले उसलाई बधाई दिए त्यसप्रति अाफ्नाे गहन अाभार ज्ञापन गर्दै उ अाचार्यकाे जीवनका तीन विशिष्ठ भूमिकाबारे छाेटकरीमा बताउनु सान्दर्भिक ठान्दछ।

पहिलाे विशिष्ठता – क्रान्तिकारी महानायक!

भारतमा अङ्ग्रेजशासनकाे विरुद्ध चलेकाे स्वाधीनता-संग्राममा समेत भागलिएर खारिएका क्रान्तिकारी दशरथचन्दले अाचार्यलाई बाराजिल्लामा पहिलाेपल्ट भेट्नासाथ साधारण व्यक्तित्वका उनलाई नेपालकाे राणाशासनविरुद्ध भावी अान्दाेलनका नायक कसरी ठम्याए र उनीहरुका विचार एवं याेजना कसरी मेलखाए ,ती फिशरका पुस्तकबाट थाहा पाइन्छ। चन्दले नै अाचार्यलाई नेपाल प्रजा परिषदका प्रेसिडेन्ट ( अध्यक्ष )-का लागि प्रस्ताव गरेका थिए। अाफ्ना अध्यक्षकाे नेतृत्वमा क्रान्तिकारीहरुले गरेका कार्य र अाचार्यलाई राणाशासनले जालसाजीसँग जनकपुरमा बाेलाई कसरी उनलाई नेल-हतकडी-गलफन्दीले बेर्दै काेक्राेमा जाकेर काठमाडौं चलान गर्याे र कसरी बन्दी अध्यक्षलाई राणाअदालतमा ल्याइँदा चन्दले अाफ्ना क्रान्तिकारी सहयाेद्धाहरुद्वारा ” Comrades! the President! Salute” भन्ने सम्बाेधन अङ्ग्रेजीभाषामै गरेर सम्मान-सलामी दिए ,त्यसकाे विवरण यस प्रेषककाे “१९९७ साल,देखि २०१७ साल– एक अवलाेकन”, ( द्वितीय संस्करण , वसन्तपञ्चमी,२०६३, माघ)- मा पढ्न सकिन्छ।

दाेस्राे विशिष्ठता – सुदूरदृष्टिका राजनीतिज्ञ , सद्चरित्रका राजनेता एवं असल मान्छे अनि समाज सुधारक

राजा महेन्द्र राजनीतिक दलहरु र तिनका नेताहरुप्रति नै पूरापूर असहिष्णु तथा घाेर शङ्कालु थिए। अाफ्नाे कुनै अभीष्ट साध्नका लागि, मुख्य कुरा त, विश्वेश्वरप्रसाद काेइरालालाई सत्ताबाट बाहिरराखीराख्नका लागि नै, अनि अाफूले खेलाउनसक्ने ठानेर अाचार्यलाई प्रधानमन्त्री बनाएका थिए, उनले। नेपालकाे राजनीतिक, अार्थिक, शैक्षिक तथा वैदेशिक क्षेत्रमा ऐतिहासिक एवं युगान्तकारी कार्यहरुकाे प्रारम्भ गरेर प्र.म.अाचार्यले राजा महेन्द्रकै मान- सम्मान बढाएकाे पनि महेन्द्रले अाफ्नाे क्षुद्रताका कारण बुझ्ननसकेनन् र अाफ्ना यशस्वी प्रधानमन्त्रीलाई षडयन्त्रात्मक ढङ्गले पदच्युत गरे।

अाचार्यले अाफू प्र. म. बनेकाे तेस्राे दिनमै भारतसँग नेपालकाे तथाकथित ” विशेष सम्बन्ध” नभएकाे घाेषणा गरे, भारतीय फाैजी मिशनकाे कार्यालयमा नेपाल- भारत फाैजीविषयक छलफलहुँदा नेपालका प्रधानमन्त्री अाफैँ उपस्थित हुनुपर्ने , नेपालकाे मन्त्रीमण्डलकाे बैठकमा, वा बडाहाकिम सम्मेलनमा भारतीय राजदूत उपस्थित नभईनछाड्ने “चलन” काे अन्त्य गरिदिए । भारत तथा चीनसँग नेपालकाे सम्बन्धलाई परस्पर सम्मान र लाभकाे अाधारमा समानतापूर्ण स्थितिमा कायम गरे; नेपालकाे विश्वसम्बन्धलाई नयाँ अायाम एवं क्षितिज प्रदान गरे।
नेपाल कम्युनिष्ट पार्टीका तात्कालीन महासचिव मनमाेहन अधिकारीकाे ,पहिला त नेतृत्व अकाैशलता वा अकर्मण्यताका कारण( सिँहदरबार काण्डकाे लगत्तै डा. के. अाई. सिँहले अाचार्यलाई र मनमाेहन अधिकारीलाई सल्लाहका लागि बाेलाइपठाए।अाचार्य उनलाई अाफूसँगै लैजान बाेलाउनजाँदा पनि जान मानेनन् जाे उनकाे गम्भीर गल्ती थियाे)।तर अाचार्य गणेशमान सिँह तथा पुष्करनाथ उप्रेतिसहित राजा त्रिभुवन कहाँ सम्झाैता वार्ता गरिरहेकै समयमा अाश्चर्यचकित गरिदिने दुस्साहसिकताका कारण (अधिकारीले अाफू एक्लैले ।गाैरीभक्त प्रधानलाई फाैजीकाण्डकाे समर्थनमा जीपबाट माईकद्वारा प्रचार गर्न लगाए) मातृकाप्रसाद काेइरालाकाे प्र. मं- कालखण्डमा के. अाई. सिँह फाैजीकाण्डबापत पार्टीलाई ५-५ वर्षसम्म अबैध हुनुपर्याे । प्रधानमन्त्री अाचार्यले नेकपा माथिकाे प्रतिबन्ध हटाउन राजा महेन्द्रसँग केकस्ताे काैशलताकाे परिचय दिनुपर्याे हाेला, “अवलाेकन” हेरे थाहा हुन्छ। याे कालखण्डका अरु पक्षहरुलाई “ज्यूँदा शहीद” ले बताउने छ।

नेपालमा कर्मचारी समुदाय अहिले जुन सुनिश्चित वर्तमान र भविष्य भाेग गरिरहेकाे छ, त्यसकाे अाधारशीला अाचार्यले नै राखेका थिए। पजनीमा पर्नेगरेका कर्मचारी अब नियम- कानूनअन्तर्गतका राष्ट्रसेवक भएका छन्। तिनीहरुले अाफ्ना कुनै संगठनमार्फत वा सामूहिक तवरले कम्तीमा नयाँ बानेश्वरकाे सिभिल अस्पतालकाे नामाकरण टङ्कप्रसाद अाचार्यकाे नाममा गरे भने उक्त कार्य अाचार्यप्रति सच्चा अाभार व्यक्त गरेकाे ठहरिने निर्विवाद छ। नेपाल सरकारका सम्बन्धित मन्त्रीहरुलगायत प्रमुखसम्म धाउँदा-धाउँदा हार खाएपछि मात्र कर्मचारी सङ्गठनहरुलाई यसरी गुहार लगाउनुपरेकाे हाे ।

सन् 1956 काे September 15 तारिखमा शुरुभएकाे चिनियाँ कम्युनिष्ट पार्टीकाे अाठाैँ महाअधिवेशन 30 तारिखमा सम्पन्न भयाे। October 1 तारिखमा पर्ने चिनियाँ राष्ट्रिय दिवसकाे पूर्वसंध्यामा पेकिङ्ग हाेटलकाे विशाल कक्षमा माअाेत्से तुङ्ग एवं ल्यु शावाे चिेकाे तर्फबाट भव्य समाराेह भएकाे थियाे। त्यसमा ईण्डाेनेशियाका राष्ट्रपति सुकार्नाे, इण्डाेनेशिया कम्युनिष्ट पार्टीका सुविख्यात महासचिव डी. एन. ऐडिट, उपमहासचिव लूकमान, कम्बाेडियाका राष्ट्राध्यक्ष राजकुमार सिँहानूक, नेपालका प्रधानमन्त्री टंकप्रसाद अाचार्य र चिनियाँ कम्युनिष्ट महाधिवेशनमा साेभियत पार्टी प्रतिनिधिमण्डलका नेता ए . के. मिकाेयानलगायत हामी — पेलिटब्युराे सदस्य शम्भूराम श्रेष्ठ, केन्द्रीयसमिति सदस्य कमरशाह र ” मशाल” साप्ताहिककाे विशेष सम्वाददाताकाे रुपमा उत्तर गण्डक प्रान्तीय समिति सचिव,याे प्रेषकसहित सबै देश तथा पार्टीका अतिथिहरु उपस्थित थियाैँ। मनमाेहन अधिकारी अाैषधाेपचारका लागि अस्पताल भर्ना भइसकेका थिए।

समाराेहमा उपस्थित प्रधानमन्त्री अाचार्यकाे अभिवादन गर्न हामी तीनैजना जाँदा सदाप्रसन्नचित्तका अाचार्यले हामीहरुप्रति दर्शाएका सदाशयताले सम्पूर्ण घरपेटि एवं अतिथिलाई प्रभाव पारेकाे थियाे। अानन्ददायी अाश्चर्यका साथ उनीहरु सबै विश्वकाे सबैभन्दा कान्छाे कम्युनिष्ट पार्टीप्रति देशका प्रधानमन्त्रीकाे , शब्दकाे सही अर्थमा एक असल मान्छेकाे, सद्व्यवहार देखिरहेका थिए (हेर्नाेस् साेही “अवलाेकन “)। यसै यय अाचार्यकाे राजनीतिज्ञतापूर्ण काैशल एवं नयाँ चीनका प्रति उनकाे मैत्रीभावबाट प्रभावित चिनियाँ नेतृत्व र विशेषगरी प्रधानमन्त्री चु एन लाइले अाचार्यमार्फत जापानी सरकारसमक्ष विशेषरुपले महत्वपूर्ण पत्र पठाएकाे र अन्य राेचक प्रसङ्ग पनि ” ज्यूँदा शहीद” र “अवलाेकन” मा पढ्न पाइन् समाज सुधारककाेरुपमा अाचार्य २००८ सालमा श्री पशुपतिनाथ मन्दिरमा ” अछुत” भनेर प्रवेशगर्नबाट राेकिएका नेपालीहरुका लागि प्रवेश खुलाउने अान्दाेलनका अभियन्ताकाे रुपमा पनि उल्लेखनीय रहेका छन्।

तेस्राे विशिष्ठता:

पञ्चायती शासनव्यवस्था ढाल्नमा नेपाली कांग्रेस नेतृत्व तथा वामपन्थी शक्तिहरुबीच कार्यगत एकताका सूत्रधार

वि.सं २०३३ मा राजा वीरेन्द्रसँग “
राष्ट्रिय सहमति” काे जाेखिमपूर्ण मिशन लाएर विश्वेश्वरप्रसाद काेइराला मातृभूमि फर्के। यस स्वागतयाेग्यकाे कदमकाे सबभन्दा भरपर्दाे सहजकर्ता एवं प्रशंसकहरुमा अाचार्यकाे विशिष्ठ भूमिका रहेकाे निर्विवाद साक्षी “समाज” दैनिकका सम्पादक मणिराज उपाध्याय हुनजानु कुनै संयाेग थिएन। २०२५ सालमा काेइराला जेलजीवनबाट मुक्त भएपछि अाफ्नाे गृहनगरी विराटनगरजाँदा ऐतिहासिक अन्तर्वार्ता लिएकाथिए,उपाध्यायले अाचार्यकाे सहमतिबाट।नेपालभित्र काेइराला फर्केर नअाए देश झन राजनीतिक संकटमा पर्ने र प्रजातन्त्र पुनर्स्थापना अान्दाेलन नै तुहिनजाने खतरालाई बुझेर अाचार्यले पहिला उपाध्यायलाई सारनाथ मिशनमा पठाए अनि अाफैँ काशिनगरीकाे मामूरगञ्जस्थित काेइराला डेरा गई उनीसँग भेटे।

काेइराला २०३३काे पुषमा नेपाल फर्के, २०३३-३४ मा विराट विद्यार्थी अान्दालन भयाे। राजा वीरेन्द्र २०३६ सालमा राष्ट्रिय जनमतसंग्रह गराउन बाध्य भए। राजाले जनमतसंग्रह कदापि गराउँदैनन् भन्ने शंकाका बीच काेइरालाले राजाले अवश्य गराउनेछन् भन्ने विश्वासकाे राजनीति चलाई राजालाई जिम्मेवारीबाट उम्कने कुनै निहूँ दिएनन्। यसरी उनले यस विषयमा राजालाई भारतीय प्रधानमन्त्री ईन्दिरा गान्धीकाे पाेल्टामा जान दिएर गान्धीसँग अाफूले भारत- निर्वासनबाट नेपाल फर्केर जितेकाे राजनीतिक लडाई अाफ्नै देशकाे भूमिमा हार्ने जाेखिम लिएनन्। जनमतसंग्रहपछि काेइराला राजाकाे तानाशाहीसँगसँगै अाफ्नै दलकाे र अन्य राजनीतिक दलकाे तानाशाही बढ्ने खतराबाट चिन्तित थिए। यस्ताे खतरा निवारणकाे लागि उनी अाचार्यलाई राजनीतिमा निष्कलंक चरित्र एवं अाचरणले युक्त राजनेता ठानेर ” देशकाे संरक्षक ” बन्ने प्रस्ताव लिएर उनकाे घर गए। काेइरालाकाे दुखद निधनबाट एउटा असाधारण राजनीतिक अभ्यास पनि शुरु नहुँदै बिलायाे। तर यसले अर्का राजनीतिक मनीषी गणेशमान सिँहकाे अग्रसरताबाट अर्कै ऐतिहासिकरुप लियाे, जसका लागि उनका प्रमुख एवं प्रबल राजनीतिक प्रतिद्वन्दी पुष्पलालले जाेडदार अावाज उठाउँदै अाएका थिए, अर्थात पञ्चायतीव्यवस्था ढाल्न नेपाली कांग्रेस र वामपन्थी शक्तिहरुबीच कार्यगत एकता। तर यसले समन्वयकर्ताकाे अपेक्षा गर्दथ्याे जसकाे भूमिका उनै अाचार्यले  गर्नुपर्ने रहेछ, र उनैले नेपाली काँग्रेस तथा वाम एकताकाे सूत्रधारकाे जिम्मेवारी यशस्वीढङ्गले निर्वाह गरे। २०४६ सालकाे पुषमहिनामा पर्ने विश्व मानव अधिकार दिवस अाफ्नै घरकाे चाैरमा मनाउन दिएर अाचार्यले प्रजातन्त्र पुनर्बहाली अान्दाेलनरुपी यज्ञका मूल पुराेहितकाे भूमिका पूरा गरे। १९९७ सालका क्रान्तिकारी महानायकले २०४६ सालमा फेरि अाफ्नाे पहिचान दिए भन्नुमा अत्युक्ति नहाेला। उनले २०४७ काे नेपाल सम्विधान देखे; २०४८ काे अामनिर्वाचनमा मतदान गरे। त्यसपछि नेपालले सुनिश्चितताका साथ कानूनमा अाधारित प्रजातान्त्रिक व्यवस्था अबलम्वन गर्ने विश्वास लिएर देहत्याग गरे ।

अाचार्यकाे भव्यरुपमा रथयात्रा गरी हीरक जन्मजयन्ती मनाइएकाे खबर पञ्चायती शासनकालमा मीडिया- टेलीभिजनमा नअाउनुमा कुनै अाश्चर्यकाे कुरा थिएन। तर उनकाे जन्मशताब्दी मनाईँदा तात्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई “कार्य व्यस्तता” का कारण नअाउनु र कुनै पनि राष्ट्रिय समाचारपत्र तथा टेलीभिजनले चार अक्षर पनि ठाउँ नदिनु, बरु भारतीय फिलिम अभिनेता देवानन्दकाे निधनकाे खबरले अटाईनअटाई ठाउँ पाउनुलाई हाम्राे मुलुक अझै पनि सतीकाे श्रापबाट ग्रस्त नै भएकाे मान्नुपर्ला।