सामाजिक सञ्जाल

तरुण दल रोल्पाका नेता पुनको हत्या गर्ने हिजडा सरकारका नपुँसंक कार्यकर्ता हुन्: अध्यक्ष बस्नेत

काठमाण्डौ । आज तरुण दल रोल्पा नगर सभापति रोही पुनःलाई प्रहरीले गोलि हानी हत्या गरेपछि केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत आक्रोशित भएका छन् । बस्नेतले तरुण दलका नगर सभापति पुनः मगर आफ्नो भातृसंस्थाको योद्धा भएको भन्दै उनलाई गोली हान्ने प्रहरी वा जोकोही हिजडा सरकारका नपुंशक कार्यकर्ता भएको दाबी गरेका छन् ।
अध्यक्ष बस्नेतले कम्युनिष्ट सरकारको आडमा गरिएको दिनदहाडैको राज्यपक्षबाट भएको हत्या सामान्य नभएको जिकिर गर्दै छानबिन गरि दोषीउपर कडा कारबाही र पीडितका परिवारलाई क्षतिपुर्ति दिन आग्रह समेत गरेका छन् । अध्यक्ष बस्नेतले गोली हान्ने ब्यक्तीलाई तुरुन्त कठघरामा ल्याउन चेतावनी दिदै २४ घण्टाको समय समेत दिएका छन्, उनले लेखेको फेसबुक स्टाटसमा भनिएको छ,

“आज दिन दहाडै तरुण योद्धा (नेपाल तरुण दल रोल्पा नगर सभापति रोहित पुन) माथी हिजडा सरकारका नपुंसक कर्याकर्ताले गोली हानी हत्या गरिएको घटनालाइ नेपाल तरुण दल उदन्डता र अराजकताको पराकाष्ठा ठहर गर्दछ। रोल्पा जिल्ला सुलिचौर बजार क्षेत्रमै नेकपा कार्यकर्ता देब घर्ती लगायत हतियारधारी समुहले प्रहरी कार्यलय नजिकै दिउसै ४:४५ बजे कम्युनिस्ट सरकारको आडमा अपाराधिक र आतंककारी शैलीमा गरिएको यो जघन्य हत्या सामान्य हुदै होइन।
तरुण योद्धाको हत्याले हामीलाइ जति दुखित तुल्याएको छ त्यो भन्दा बढी आक्रोशित बनाएको छ। घट्नाको सम्भाब्य जानकारी प्रशासन कर्यालय र प्रहरीलाइ गराउदा गराउदै पनि घटनालाइ नरोकी अपराधीक मनोबृतिलाइ प्रसय दिइ राजनैतिक प्रतिसोध साध्नु गरिएको यो अपराधीक घटना को घोर भत्र्सना गर्दछु।
अपराधी लाइ २४ घन्टा भित्र कानुन कठ्घारामा उभ्याइ कडा भन्दा कडा कारबाही होस र पीडित परिबारलाइ उचित क्षतिपूर्ति प्रदान होस।
हेक्का होस, तरुण शक्तीलाइ कम नआकियोस……..लोकतन्त्र, जनकल्याण र नगरिक सुरक्षाको खातिर नेपाल तरुण दल जस्तो सुकै कदम उठाउन कुनै कसर बाकी राख्ने छैन।
प्रिय साथी रोहितको अभाव सदैव महसुस हुनेछ तिम्रो आत्मालाइ शान्ति मिलोस, शोक सन्तप्त परिबार प्रती हार्दिक समबेदना!!
जयनेपाल, जय तरुण!”

रोल्पामा आज दिउँसो इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै भएको गोली प्रहारबाट तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्यु भएको भतरुण दलका केन्द्रीय अध्यक्ष बस्नेत आक्रोशित भएका हुन् ।

सुनील स्मृति गाउँपालिका–४ सुलिचौरमा रहेको रेष्ट पोइन्ट रेष्टुरेण्ट एण्ड बारमा अध्यक्ष पुनलाई गोली प्रहार गरिएको थियो । छातीमा दुई र पेटमा एक गोली लागेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताइएको छ । हाल पुनको शव प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ ।

अध्यक्ष पुनमाथि कसले, किन गोली प्रहार गरेको हो भन्ने विषय हालसम्म खुल्न सकेको छैन । गोली प्रहार गर्ने समूहको तीव्र खोजी भइरहेको प्रहरीले बताएको छ ।