विचित्र संसार

संसारकै महंगो वस्तुः एक ग्रामको मूल्य ५ सय खर्ब मात्र

काठमाडैं । संसारको सबैभन्दा महंगो चिजको कुरा गर्दा सायद हीरा, प्लाटिनम आदि भन्नुहोला । तर यो दुनियाँमा हीरा तथा प्लाटिनमभन्दा कैयन गुणा धेरै महंगो एउटा वस्तु छ, जुन यति दुर्लभ हुन्छ कि एक ग्रामकै मूल्य सयौँ खर्ब रुपैयाँ पर्दछ । अर्थात् संसारको सबैभन्दा महंगो यो वस्तु एक ग्राम किन्नका लागि नेपालको झण्डै ३५ वर्षको कूल बजेट नै छुट्टाउनुपर्ने हुन्छ । एक ग्रामको झण्डै ५ सय खर्ब रुपैयाँ पर्ने दुनियाँकै सबैभन्दा महंगो यो वस्तु

को नाम एन्टिम्याटर अर्थात् प्रतिपदार्थ हो । यतिधेरै महंगो वस्तु आखिर केमा प्रयोग होला रु साँच्ची भन्ने हो भने यो पृथ्वीमा यस वस्तुको कुनै काम छैन । तर अन्तरीक्षसँग सम्बन्धित जुनसुकै कामका लागि पनि यो प्रतिपदार्थ निकै महत्वपूर्ण तथा अमूल्य छ ।वैज्ञा

निकहरुका अनु

सार ब्रम्हाण्डमा ब्लाक होलद्वारा ताराहरुलाई दुई टुक्रामा टुक्राउँदा प्रतिपदार्थ उत्पन्न हुन्छ । फ्रान्स र स्विजरल्याण्डको सिमा क्षेत्रमा रहेको सर्न ल्याबमा पहिलोपटक यो एन्टीम्याटरको उत्पादन गरिएको थियो ।

अन्तरीक्षयान तथा रकेटहरुमा प्रयोग गरिने इन्धनको उत्पादनमा यो प्रतिपदार्थको प्रयोग गरिन्छ । एन्टीम्याटर यस्तो विशेष खालको वस्तु हो जुन पोजिट्रोन, एन्टी प्रोटोन तथा एन्टी न्युट्रोन मिलेर बनेको हुन्छ । नासाले पनि एन्टीम्याटर विश्वको सबैभन्दा महंगो वस्तु रहेको पुष्टि गरिसकेको छ । यो वस्तु प्रयोगशालामा उत्पादन गर्न पनि निकै नै महंगो पर्दछ । एक मिलिग्राम एन्टीम्याटर उत्पादन गर्नका लागि झण्डै साढे २ अर्ब रुपैयाँ पर्दछ । –एजेन्सीको सहयोगमा