साहित्य

छन्द कबितामा तरङ्गको शृङ्खला

काठमाडौँ । छन्द कविताको मानकीकरणको प्रोत्साहनका लागि शुरु भएको छन्द तरङ्गको पहिलो शृङ्खलामा कविहरु डा रामप्रसाद ज्ञवाली, डा देवी नेपाल र प्रभा भट्टराईले आफ्ना छन्दा कविता प्रस्तुत गरे।

कवित्रयले राष्ट्रियता, जागरण, सामाजिक रुपान्तरण र समसामायिक विषयमा लयबद्धरुपमा कविता प्रस्तुत गर्दा दर्शक र सहभागी मन्त्रमुग्ध बनेका थिए ।

लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) को आयोजनामा भएको उक्त कार्यक्रममा समालोचक प्रा घनश्याम कँडेल र भाषाविद् डा माधव पोखरेललाई गुरु सम्मान प्रदान गरिएको थियो । प्रत्येक महिनाको तेस्रो शुक्रबार तीन जना छन्द कविका कविता वाचन गर्ने शृङ्खलामा आज तीन जना कविले कविता वाचन गरेका हुन्।