सामाजिक सञ्जाल

‘अनुराग’को नयाँ गजल: बलात्कारीलाई सम्मान गर्छन सत्तामा पुगेकाले !

गजल– बिजय कुमार शाह ‘अनुराग’

तिम्रो याद यो दिलको बाटो भएर सवार गर्छन।
अनि सोच्छु मान्छेले प्रेमको कसरी ब्यापार गर्छन्।

************************************

आखिर यो जिन्दगी भन्दा टाढा कहाँ जानू छ र।
बास्तबमा मान्छेहरुले यहि नबुझेर हतार गर्छन्।

************************************

आँखैअघि आइदिन्छ्न दुश्मनहरु हतियार लिएर।
मेरा मित्रहरु भने पिठ्युँ पछाडीबाट प्रहार गर्छन्।

************************************

बलात्कारीलाई सम्मान गर्छन सत्तामा पुगेकाले।
बिचरा पुलिस चाहिँ निर्दोषलाई केरकार गर्छन्।

************************************

कर्णालीले जिवनजल पाउदैन महामारी लाग्दा।
नेता भने सामान्य ज्वोरो बिदेशमा उपचार गर्छन्।
************************************