विचित्र संसार

मदिरा पिउन प्रतिबन्ध लागेपछि दरुवा साबुन खाँदै !

काठमाडौं । भारतको विहारमा मदिरा बिक्रि वितरण र सेवनमा प्रतिबन्द लागेपछि त्यहाँका केही ब्यक्तिले मदिराको तलतल मेट्न साबुन खाने गरेका छन् । विहार सरकारले मंगलवारदेखि मदिरा बिक्रि वितरण र सेवनमा प्रतिबन्द लगाएको थियो ।

दैनिक मदिरा पिउने बानी लागेका ब्यक्तिहरुले नशाका रुपमा साबुन पिउन थालेका छन् । मदिरा पिउन नपाएर तडपिएका ब्यक्तिहरु अहिले निकै तनावमा परेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मदिराको अभावमा सावुन पानी खाएका ब्यक्तिहरु धमाधम विरामी पर्न थालेका छन् । विरामी परेका कयौ ब्यक्तिलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । झण्डै २० बर्षदेखि निरन्तर मदिरा पिउँदै आएका ४५ बर्षीय गैसुद्दिनले मदिराको तलतल मेट्न घरमा राखेको साबुन पानी पिए । जसका कारण उनी विरामी परेका छन् ।

त्यसैगरी बिहार चैनपुरका रघुन्नदा निरन्तर मदिरा पिउथे । तर दुई दिनयता मदिरा नहुँदा उनी समस्यामा परे । मदिरा नपाउँदा उनी बेहोस भएका छन् र उनलाई पनि अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मदिरा नपाएपछि दुईदिन भित्र ५४ जना ब्यक्तिले साबुन खाएका छन् । ति मध्ये ९ जना अस्पताल पुगेका छन् भने दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । –विभिन्न एजेन्सीको सहयोगमा