विचार/ब्लग

‘यी घटनाहरुले मेरो छोरी बलात्कृत भएको अनुभुति गरेको छु, स्वंयम म बलात्कृत भएको महशुस गरेको छु’

आदर्श केसी/दक्षिण कोरीया । आज भोली लक्ष्मी गुरुङलाइ अघिपछि जस्तो फेसबुक खोलेर हेर्न पनि मन लाग्दैन । फेसबुक खोल्यो की नेपालमा बलात्कार र हत्याका घटनाहरु मात्रै भेटिन्छन । यस्ता घटनाहरुले लक्ष्मीको मन निकै बेचैयन र भावुक हुन्छ त्यसैले प्राय फेसबुकमा रुची घटदै गएको छ । गैर आवासिय नेपाली सघं (NRNA) दक्षिण कोरीयाकी अध्यक्ष लक्ष्मी गुरुङको मनमा नेपालमा घट्ने गरेका बलात्कार र हत्याका घटनाले आक्रोस र निराशा दुबै बढाएको छ ।

करीव २३ बर्ष अगाडी दक्षिण कोरीया छिरेकी लक्ष्मी कोरीयाको कानुन र कोरीयाका महिलाहरुको सुरक्षा बारे भएका विभिन्न ब्यवस्था सँग अभ्यस्त छिन । तर नेपालमा भइरहेका बलात्कार र हत्याका घटनाले सामाजिक बिकास तथा आर्थिक समृद्धीको गन्तब्य नजिकै पुगेको कोरीया समक्ष आफुलाई उभ्याउदा लक्ष्मी लज्जा अनुभुती गर्छिन् । महिला हिंसा तथा महिलाहरु माथी हुने घटना न्युनिकरणको लागी उफ्री उफ्री भाषण गर्ने नेता तथा नेतृ अनि हाम्रो शासन ब्यवस्था कति निरिह बन्दै गएको हो ?

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्याका अपराधिहरु फेला नपर्दै फेरी कञ्चनपुरमै अर्की १५ बर्षीया बालिका बलात्कार भएको खबर छ । यसले पनि असाध्यै दुःखी बनायो । नेपालमा घट्ने महिलामाथीका जघन्य अपराधका घटनाहरु विस्तारै अन्र्तराष्ट्रियकरण भए भने हाम्रो देशको इज्जत माटोमा मिसिन्छ होला लक्ष्मीलाई यही कल्पना हुन थालेको छ ।

मेरो देश गौतम बुद्धको देश जहाँ अपराधिक र हिंसाका घटना हुन सक्दैन भन्ने पहिचान अन्र्तराष्ट्रिय स्तरमा प्रचार छ । तर मेरो देशमा आठ महिनाको दुधे बालिका देखि उमेरले असी पुगेकी सेतै फुलेकी हजुरआमाहरु बलात्कृत हुन्छन र उनको हत्या हुन्छ । यस्तै कुरा केही नेपाली लाई सुनाउदँै थिइन् लक्ष्मी राजधानी सौलमा ।

हाम्रो समाज यस्ता अपराधिक घटनाको सिकार बनेर पिडा सहन बाध्य छ, यस्ता घटनाहरु न्युनिकरणको लागी वच्चा देखी यौन शिक्षा र हाम्रो कानुनी ब्यवस्थाको बारेमा पढाइ हुनु आवश्यक रहेको लक्ष्मीको तर्क छ । हुन त हाम्रो समाजमा जसलाइ पर्छ उसलाइ मात्रै थाहा हुन्छ । तर मलाई विगत केही समय यता नेपालमा घटेका जघन्य अपराधिक बलात्कार र त्यसैमाथी हत्याका घटनाले निकै स्तब्ध बनाएको छ । यी घटनाहरुले मेरो छोरी बलात्कृत भएको अनुभुति गरेको छु, स्वंयम म बलात्कृत भएको महशुस गरेको छु अर्थात मेरो कुनै आफन्त बलात्कृत भएको पिडा महशुुस गरेको छु । यसकारण उक्त घटनाहरुको घोर भत्र्सना गर्छु भन्ने उनको भनाइ छ ।

हाम्रो समाज कतातिर दौडिरहेको होला ? बढो दुःख लाग्छ । समाजमा यस्ता अपराधिक घटनाहरु न्युनिकरणको लागी गर्नु पर्ने सबै अभियानहरुमा आफु सक्रिय भएर अगाडी बढ्ने प्रतिबद्धता लक्ष्मीको छ ।
करिब चालिस हजार नेपालीको प्रतिनिधित्व गर्दै दक्षिण कोरीयाको गैर आवासिय नेपाली संघको अध्यक्षमा निर्वाचित बनेकी लक्ष्मी नेपाली महिलाहरु माथी कोरीयामा पनि अदृश्य रुपमा नेपालीहरु बाटै हिंसा हुने गरेको बताउछिन् । यहा पनि कति घटनाहरु लुक्छन होला तर केही महिला दिदी बहिनीहरु नेपाली दाइभाइहरु बाट समेत हिंसा हुने गरेको बताउछिन् उनी । सबै दाजु भाइको त्यस्तो स्वभाव छैन तर कतिपय अवस्थामा यहा पनि नेपाली चेलीहरुमाथी हिंसा गर्ने तत्वहरुको कमी छैन उनी भन्छिन् ।

कोरीयामा भने कोरीयाली महिलाहरु माथी अत्यन्तै शुन्यमात्रामा अपवाद स्वरुप कहिले काही मात्रै बलत्कार र महिला हिंसाका घटनाहरु हुन्छन् ।

महिलाहरुको सम्मानमा यहाका नागरिकहरु यति इमान्दार छन जो विश्वले पाठ सिक्न जरुर छ । यहाको कानुन पनि नेपालको जस्तै छ तर फरक यति हो यहाका नागरिक कानुनको पालना इमानदारपुर्वक गर्छन भने कानुन कार्यन्वयनमा राज्य निकै जिम्मेवार छ लक्ष्मी भन्छिन् ।

नेपालमा बढदै गएको बलत्कार र हत्याका अपराधिक कार्यहरु रोक्नको लागी हामीले केही विकल्पमा अव सोच्नै पर्छ लक्ष्मीको भनाइ छ । अव बिकास निर्माणमा मात्रै होइन नेपाली गैरआवासिय सघल पनि अभियानहरु सुरु गर्नुपर्छ । सानै उमेर बाट कानुनी तथा यौन शिक्षा संचालन गर्नको लागी नेपालमा काम थाल्नु पर्ने र यसको लागी आफुले बहस सुरु गर्ने उनी बताउछिन् ।

यौन शिक्षालाई प्राथमिक बिद्यालय तह देखि नै अनिवार्य पढाउने व्यवस्था गर्नु पर्ने देखिन्छ । दक्षिण कोरिया कतिपय मुलुकमा रेड लाईट एरिया तोकेर पनि यस्ता समस्याहरूलाई न्यूनिकरण गरेको देखिन्छ । नेपालमा पनि यस्ता रेड लाईट एरियाहरूको व्यवस्था गरेर दिनहँु झैँ घट्ने यस्ता जघन्य अपराधका घटनाहरुमा कमि गर्न आउन सक्थ्यो की ? हामी बिकास तर्फ अगाडी बढीरहेका भाषण तथा त्यो शासन ब्यवस्थाको कुरा गर्छौ तर महिलाको बलात्कार पछि हत्याका घटनाले त्यो भाषण र शासनलाई कति गिज्याइ रहेको छ लक्ष्मी प्रश्न गर्छिंन् ?

(लेखक केसी कोरीयामा बसेर कलम चलाउछन्)