राजनीति

हामीमात्र काँग्रेस हौं भन्ने केही ब्यक्तीहरु काँग्रेस शुद्धीकरण अभियानमा लागेका छन्: काँग्रेस नेता जोशी

काठमाण्डौ । नेपाली काँग्रेसका नेता गोबिन्दराज जोशीले अझैपनि काँग्रेस बरिष्ठ नेताले चेत नखाए दुर्घटना हुने बताएका छन् । उनले गृहजिल्ला तनहुँको एक कार्यक्रममा धेरैजसो रामचन्द्र पौडेलको बिरोध गरेका नेता जोशीले २६ बर्षसम्म रामचन्द्र पौडेलले तनहुंको भानु नगरपालीकामा कुनैपनि बिकास हुन नसकेको आरोप लगाएका छन् ।एक समयमा मुलुकका शक्तीसाली मन्त्री रहेका नेपाली काँग्रेसका नेता जोशीले केही नेताहरु आफूमात्र काँग्रेस हौं भन्दै उनीहरु नै काँग्रेस शुद्धीकरण अभियानमा लागेको बताएका छन् ।
नेपाली काँग्रेस मुठ्ठीभर नेताहरुको हातमा संचालितभएको बताउदै जनताको पार्टी हुन छाडेको बताएका छन् । नेता जोशीले पूर्बमन्त्री तथा नेता जोशीले जिल्ला कार्यसमिति एकलौटी गरेमा आफूहरुले कब्जा गर्ने चेतावनी दिएका छन् । फेरी एकलौटी गर्न खोजेमा यसपटकको निर्बाचनमा हार मात्र ब्यहोरेको तर अर्को निर्बाचनमा बिलय भएर जाने ठोकुवा गरेका छन् । स्थानीय तहको निर्बाचनमा रामचन्द्र पौडेलले पैसा खाएर एकलौटी टिकट दिएको खुलासा गरेका छन् ।

अझै बुद्धी नफिर्ने र आफूलाई समाप्त गरेर काँग्रेसमा कसैले निर्बाचन नजित्ने दाबी गरेका छन् । तनहुं रामचन्द्र पौडेल, शंकर भण्डारी र धु्रब वाग्लेमात्र तनहुंका कााग्रेस नेता नभएको आरोप लगाएका थिए । नेता जोशीले रामचन्द्र पौडेलका हजुरबा र बुबा समेत जाली भएको आरोप लगाए ।
देशको राजनीतिमा आफूहरुले केही गर्न नसकेका कारण तनहुंको भूमिका खेल्न नसकेको जिकिर गरेका छन् । आफू ६० बर्षदेखी तनहुंको पुरै गाँउ बुझेको मान्छे भएको दाबी गर्दै सबैले आफूलाई घेराबन्दी गरे नराम्रो हुने बताए । रामचन्द्र पौडेलको झोला बोकेर पार नलागेपछि काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल, गोबिन्द भट्टराई, रामचन्द्र पौख्रेल, अमरराज कैनीले अब उनका छोराको झोला बोक्न थालेको आरोप लगाएका छन् । पौडेलले आफ्नो भाग्य नभएको भन्दै आफ्नो छोरालाई राजनीतिमा ल्याईदिन सभापति देउवालाई आग्रह गरेकोले तनहुंमा राजनीति गर्नेलाई पौडेलले झोला बोकाउने निश्चित भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेता जोशीले आफूहरु कमीकमजोरीहरु सुधारेर जनतालाई सेवादिने कार्यमा दत्तचित्त भएर लाग्नुपर्ने बिचार ब्यक्त गरेका छन् । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय बसेको सानेपा स्थीत जग्गा ब्यबस्थापन नेता जोशीले गरेका थिए ।