अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपति र सोमालियाका राष्ट्रपतिबीच भेटवार्ता

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र सोमाली राष्ट्रपति मोहमद अब्दुल्लाह मोहमदबीच शुक्रबार भेटवार्ता भएको छ । चीन–अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर बैठकमा सहभागी हुन बेइजिङमा रहेका सोमालियाका राष्ट्रपतिसँग चीनका राष्ट्रपतिको भेट भएको हो ।