विचित्र संसार

‘छाती सुमसुम्याएर’ मात्र भबिष्य बताउने यी ज्योतिषकहाँ हेराउन आउने युवतीहरुको ओइरो !

काठमाडौं । जो आफ्नो वर्तमानमा चलेको समयदेखि असन्तुष्ट हुन्छन या भनौं विरक्त प्रायः त्यस्ता मानिस आफ्नो भविष्य कस्तो होला भन्ने विषयमा जिज्ञासु हुन्छन् । मानवले प्राचिनकाल देखि ‘भविष्यका बारेमा जान्ने’ अनेक खालका तरिकाहरू प्रचलनमा ल्याइएका छन् । जसमा हात हेर्ने, जन्म कुण्डलिनी हेर्न लगायतका अनेक तरिका छन् ।

तर एउटा अनौठा ज्योतिषी भेटिएका छन् जो महिलाहरूको भविष्य जान्नका लागि उनीहरूको स्तन मुसार्ने गर्दछन् । चीनको एउटा भिडियो सेयरिङ साइटमा पोष्ट भएको एउटा भिडियो दृश्यलाई आधार मान्ने हो भने एक झाँक्री एउटी युवतीको स्तनभित्र हात पु९याएर उनको भविष्य बताइरहेका देखिन्छन् । भिडियोमा युवतीले अप्ठेरो मानेझैँ देखिन्छ ।

चीनको भिडियो सेयरिङ वेबसाइट ‘मियाओपाई’मा उक्त भिडियो पोष्ट भएको हो । झाँक्री एउटा हातले युवतीको स्तनभित्र हात घुसारिरहेका छन् भने अर्कोतर्फ उनले दुईवटा वैशाखीसमेत लिएको देख्न सकिन्छ । उनले यो काम धेरै मान्छेहरूकै बीचमा रहेर गरेको देखिन्छ ।

युवतीले झाँक्रीको भविष्य पत्ता लगाउने तरिकालाई उति रुचाएको भने देखिन्न । युवतीपछि अन्य केही मान्छेहरू समेत भविष्यवाणी सुन्न उत्सुक भएर आफ्नो पालो पर्खेजस्तो समेत देखिन्छ । –एजेन्सीको सहयोगमा