राजनीति

माधव नेपालले आक्रोशित हुदैँ भने: बलात्कारीलाई सिधैँ गोली ठोक्नुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले बलात्कारीलाई सिधै गोली ठोक्नुपर्ने बताएका छन् । राजधानी भएको एक कार्यक्रममा बोल्दैँ नेता नेपालले बलात्कारी जोसुकैँ भएपनि उसलाई गोली ठोक्नु पर्ने बताएका हुन् ।

सरकार सुस्त गतिमा अघि बढेको नेता नेपालको भनाई छ । सरकारको अबको लक्ष्य सुशासन र समृद्धि भएकाले यी कुराको प्राप्तीका लागि तिब्र गतिमा अगाडी बढ्नुपर्ने बताए । साथै पूर्व प्रधानमन्त्री समेत रहेका उनले वर्तमान संविधान विश्वकै उत्कृष्ट रहेको र यसको पूर्ण कार्यान्वयनमा सबैले लाग्नुपर्ने बताए ।