राजनीति

ओली सरकारले तानाशाही हिसाबले चौतर्फी हमला गर्योः सभापती देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टीको सरकारले चौतर्फी हमला गरेका बताएका छन् । सभापती देउवाले कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस, सुरक्षालाई नियन्त्रणमा राखेर चौतर्फी हमलाको प्रयास गरेको आरोप लगाएका हुन् । सबै खाले राजनैतिक आग्रहहरु भन्दा माथि उठेर छोरी चेलीहरुको मर्यादा, सुरक्षा र सम्मान अभिवृद्धि गर्न गम्भीर बन्न सबैसँग अपिल गरेका छन् ।

‘कञ्चनपुरमा भएको बालिका उपरको घटनाको अनुसन्धान प्रक्रियामा भएको ढिलाई र त्यसमा गाँसिएका प्रश्नहरुले प्रश्न उठाएको देउवाको भनाई छ । हामी कस्तो राज्य बनाउन गइरहेका छौं ?, देउवाले प्रश्न गरे, दोसीलाई जोगाउन जब स्वयं राज्य लाग्छ, तव निर्दोषले न्याय माग्न कहाँ जाने ? अपराधमा सामेललाई जोगाउन गरिएको प्रयत्न पनि अपराध हो । एउटा निर्दोश नागरिकलाई दोषीका रुपमा किटानी गरेर कारवाही अघि बढाएको विषय अपराधको पराकाष्ठा नै हो । म आग्रह गर्न चाहन्छु’

राज्यले नै दोषीलाई जोगाउन खोज्दा नागरिकहरुमा आक्रोस बढ्नु र हजारौ नागरिक न्याय माग्न सडकमा ओर्लनु स्वभाविक भएको उनले बताए । तर राज्यले संयमता अपनाउन नसक्दा प्रहरीको गोलीबाट अर्को बालक सन्नी खुनाको मृत्यु भएको र कयौं नागरिक घाइते हुन पुगेंको बताए ।