सामाजिक सञ्जाल

शुष्मा कार्की भन्छिन्, ‘प्रधानमन्त्रीले गोबरग्याँस उद्घाटन गर्नु हास्यास्पद’

काठमाण्डौ । दर्जनौ नेपाली चलचित्रमा अभिनय गरिसकेकी चर्चित कलाकार शुष्मा कार्कीले बिराटनगर गएर प्रधानमन्त्री ओलीले गोबरज्ञास उद्घाटन गर्नु हास्यास्पद भएको बताएकी छन् । उनले ३० ३५ बर्ष पहिले आफूले बिराटनगरमा नै प्रयोग गरेको गोबर ज्ञास प्रधानमन्त्ती जस्तो गरिमामया पदको ब्यक्तीले उद्घाटन गर्नु लाजमर्दो समेत भएको तर्क गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेकी छन्, ‘प्रधानमन्त्रीले बिराटनगर मा गएर अर्काले बबनाएको त्यो पनि धेरै पुरानो जाबो गोबरग्यास उद्घाटन गरको सुन्दा लाज लाग्यो, कारण म सानै हुदा करिब २०, ३० बर्ष पहिले मेरो बाबाले गोबरग्यास बाट नेपाल मा पहिलो मिल, धान, पिठो कुटने चलाएको र बत्तिबालेको देखेको थिये र हाम्रो खेती कामत घरमा पनि हजुरबुबा को पाला मानै गोबर ग्यासबाट चुलो बालेर खाना बनाएको बत्ती बालेको देखेकी थिये र आजको दिनमा पनि बिराटनगर को घरमा गोबर ग्यासको चुलो छ र गाउँ मा मात्र हैन सहरमा पनि गाइबस्तु पालेको घरमा गोबरग्यासमा छ्न,अनि यस्ता सानातिना कुराको उद्घाटन गरेर हिन्नेहो प्रधानमन्त्रीले ? देशको बिकास र जनताको हितको लागि प्लान बनाएर केही त राम्रो काम गरे हुनेनी,खाली बोलने मात्र काम कहिले गर्ने? आजभन्दा पहिले यति आलोचना भएको कुनै पनि सरकार र प्रधानमन्त्री थिएनन जस्तो लाग्छ चारै तिर बिरोध मात्र छ लाजमर्दो ?’