सामाजिक सञ्जाल

‘धैर्यको एउटा पाठ त्यही दिनबाट मैले सिकेको हो’

 बिजय कुमार शाह ‘अनुराग’/काठमाडौं ।

*गजल*

बाउले छोरालाई गरेको ठुलो लगानी खेर गएन।
जति दुख परेपनि आमालाई एक्लै छोडेर गएन।
**********************************
भातृत्व साट्न बोलाएछन है नक्कली मित्रहरूले।
ति खराब मान्छे हुन यो मनले त्यही सोचेर गएन।
**********************************
सिट भेट्यौ गाडी भित्र उस्लाई ब्यवास्ता गरि हिड्यौ।
त्यसपछि तिम्रो पछाडि उ अपमानित बनेर गएन।
**********************************
यो समाजले उसैलाई धनिको तक्मा भिराई दियो।
जो ब्यक्ती समाजमा शरीरभरी कपडा बेरेर गएन।
**********************************
धैर्यको एउटा पाठ त्यही दिनबाट मैले सिकेको हो।
जुनदिन मैले कयौं गाली गर्दा पनि उ उठेर गएन।
**********************************