समाचार

मोडल समृद्धीलाई आफ्नै जवानले कुर्था/शुरुवाल लगाउनु भनेपछि.. ट्राफिक प्रमुख पन्त यसो भन्छन्

काठमाण्डौ । मोडल एबं गायीका समृद्धी राईलाई ट्राफिक प्रहरीले छोटा लुगा लगाएको भन्दै कार्यालय प्रबेशमा रोकेको छ लाईसेन्स समातेपछि क्लास लिन बग्गीखाना स्थीत ट्राफिक प्रहरी कार्यालयमा हाजिर भएकी पूर्ब पत्रकारर समेत रहेकी राईलाई गेटमा बस्ने महिला प्रहरीले प्रबेश गर्न दिईनन् । उनले प्रबेश गर्न नदिनेमात्र होईन कुर्था शुरुवाल लगाएर पछि आउन आग्रह गरिन् ।
त्यसलगत्तै सचेत रहेकी समृद्धीले आफू जिममेवार नागरिक भएको र त्यस्तो उत्छृङखल लुगा नलगाएको बताएपछि एसपीलाई भेट गराईन् र एसपीले सामान्य लुगा देखेपछि प्रहरी जवान महिलालाई सम्झाएर पठाए । एसपीसंगको भेटभन्दा अगाडी नै समृद्धीले आफ्नो फेसबुकमा उक्त घटनाको फोटो तथा भिडियो अपलोड गरिसकेकी थिईन् ।
अब ट्राफिक प्रहरीले आफ्ना जवानलाई कसरी सिकाउछ ? यो गम्भीर प्रश्न प्रहरी बरिष्ठ उपरिक्षक प्रहरी बरिष्ठ उपरिक्षक बसन्त पन्तले आफूहरुले माहासाखामा प्रबेश गर्न कसैलाईपनि रोक नलगाएको र कुन तरीकाले कसरी उक्त घटना भयो त्यसको छानबिन गरी प्रहरीका तर्फबाट कमजोरी भएको भए आवश्यक छानबिन गरी कारबाही गर्ने बताएका छन् ।

एसएसपी पन्तले आफूले फेसबुकमा देखेपछि उक्त कुरा थाहा पाएको बताए । समृद्धीले आफूलाई उक्त लुगा लगाएर प्रहरीले कम्पाउण्डबाट प्रबेश गर्न नदिएको बताएपछि उक्त घटना भाईरल भएको हो ।

समृद्धीको फेसबुकबाट