खेलकुद

एन्फाद्वारा बिभिन्न विभागमा संयोजक नियुक्त

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नयाँ नेतृत्व पाएको तीन महिनापछि मंगलबार विभिन्न विभागको संयोजक तोकेको छ ।

एन्फा सञ्चालक समिति बैठकले फुटबल गतिविधि सञ्चालनका लागि कार्यसमितिका पदाधिकारी एवं सदस्यबाट विभिन्न विभागका प्रमुख चयन गरेको प्रवक्ता किरण राईले जानकारी दिए ।

प्रवक्ता राईका अनुसार सदस्य सङ्घ समितिको संयोजकमा पङ्कज नेम्बाङ, युवा फुटबल विकास समिति संयोजकमा उपेन्द्रमान सिंह, प्रवक्ता किरण राई, सूचना तथा सञ्चार समिति संयोजक, पेमा डोल्मा लामा महिला फुटबल समिति संयोजक, मधुसूदन उपाध्याय राष्ट्रिय टोली तयारी समिति संयोजक र दिनेश ब्यञ्जनकर सुरक्षा समिति संयोजकमा चयन भएका हुन् ।

मेडिकल समितिको संयोजकमा रत्नकुमार श्रेष्ठ, प्रतियोगिता समितिको संयोजकमा विजय घले, प्राविधिक समितिको संयोजकमा कृष्ण थापा र खेलाडी समितिको संयोजकमा दीर्घबहादुर केसी रहेको प्रवक्ता राईले बताए ।