राजनीति

भरत शम्शेरको १३ औं दिनमा काँग्रेसले बिशाल श्रद्धान्जली सभा गर्ने, सबैलाई उपस्थित हुन अपील !

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व केन्द्रीय सदस्य भरत शमशेर राणाको स्वर्गारोहणको तेह्रौ दिनमा पार्टीले श्रद्धाञ्जलीसभा गर्ने भएको छ । केन्द्रिय कार्याालयमा हुने श्रद्धाञ्जलीसभामा पार्टीप्रति आस्थावान सबैलाई उपस्थितिका गरिएको छ ।

उक्त श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री मा। शेरबहादुर देउवा, पार्टीका नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि लगायतका केन्द्रीय नेताहरुको उपस्थिति रहने साथै अन्य पार्टीका शीर्षस्थ नेताहरुको समेत सहभागिता रहने जनाईएको छ ।