आर्थिक

जनताले धान्न सक्ने कर लगाउनुपर्छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिए ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालमा लगाइएको कर संसारमै सस्तो भएकोे बताए ।
उनले राजश्व र करका विषयमा अपव्याख्या गरेर जनतालाई भ्रम फैलाउन नहुने बताउँदै जे कुरा गर्दा पनि विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए ।