राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भाद्र ८ गते बस्ने भएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै बैठक शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठक पार्टीको आन्तरिक बिषय तथा समसामयिक राजनीतिक घटनामा केन्द्रित रहनेछ ।