पर्यटन/संस्कृति

नेत्रीद्वारा बोलबम यात्रा

गौशाला । राष्ट्रिय जनता पार्टी नेपालका ६१ नेत्रीले आज १५ किलोमिटर बोलबम पैदल यात्रा गरेका छन् । धनुषा जिल्लाको जनकपुरधाममा अवस्थित गङ्गासागरबाट जल भरेर राजपा नेपालका नेत्रीले १५ किलोमिटर पैदल बोलबम यात्रा गर्दै महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा आज बाबा जलेश्वरनाथलाई जलार्पण गरेका छन् ।

पहेँलो एवं सुन्तला रङ्गको पहिरनमा मधेश एवं देश तथा विश्व कल्याणार्थ राजपा नेपालका केन्द्रीय सदस्यहरु विभा ठाकुर, सरिता शर्मा, विभा पाण्डे, पुनम झा, विन्दु ठाकुर, कुन्ती पाठकसहित ६१ नेत्री बलबम पैदल यात्रा गर्दै जनकपुरधामको जल जलेश्वरनाथलाई अर्पण गरेका छन् । बोलबम यात्रा गरेका नेत्रीलाई प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले मन्दिर परिसरमा स्वागत एवं सम्मान गरेका थिए ।