पु.समाचार

यी हुन् निर्माला पन्तलाई बलात्कार गर्ने मुख्य बलात्कारी हत्यारा !

काठमाडौं । निर्मलाको बलात्कारपछि गरिएको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी सोमबार पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्तनगर–२ की ११ बर्षीय बालिका निर्मला पन्तको बलात्कार गरि निर्मम हत्या भएको २५ दिनपछि मुख्य अभियुक्त भनिएका दिलिपसिंह विष्टलाई केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले नियन्त्रणमा लिएको हो ।

पक्राउ गरिएका विष्टलाई आज जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरेर सार्वजनिकको तयारी गरिएको सिआईबीले जनाएको छ । सिआईबीको प्रारम्भिक अनुसन्धानका लागि सोधपुछका क्रममा उनले कसुर स्वीकार गरिसकेका छन् ।

गत साउन १० गते स्थानीय सरस्वती मावि कक्षा ९ मा अध्ययनरत १३ वर्षीया बालिका पन्त होमवर्क गर्नका लागि भगतपुरस्थित साथीको घर गएकी उनी उखुबाीमा मृत फेला परेकी थिईन् । उक्त घटनाले सडक देखि सदन सम्म तताएको थियो ।