समाचार

देशभर सेवा निःशुल्क गर्ने होडबाजी, काठमाण्डौ महानगरले समेत गर्यो सबै सेवा निःशुल्क

काठमाण्डौ । देशभरका ७५३ स्थानीय तहमा जनतालाई सेवासुबिधा निःशुल्क बनाउने होडबाजी चलिरहेका बेला देशको राजधानी समेत रहेको काठमाण्डौ महानगरपालीकाल समेत अधिकाँस सेवासुबिधा निशुल्क गरेको छ ।

नेकपा एमालेका तर्फबाट बिजयी भएका मेयर बिद्यासुन्दर शाक्य र नेपाली काँग्रेसबाट बिजयी भएका हरिप्रभा खड्गीले सम्हालेपछि पहिलेपटक जनताका पक्षमा निर्णय भएको महानगरका बासिन्दाको भनाई छ ।

नेपाली काँग्रेस प्रतिपक्षमा भएके र नेकपा सरकारमा भएको बेला एकले अर्कोलाई बिरोध गर्ने परम्परा देखिएको भएपनि जनताको हितको सवालमा मेयर उपमेयरसहितको निर्णयले जनहीतमा भएको उक्त कार्यलाई सह्रानीय रुपमा हेर्न सकिन्छ ।

यसअघि प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा, काठमाण्डौको चन्द्रागिरी नगरपालीका लगायतका धेरै स्थानीय तह र गाँउपालिकामा जनतालाई सेवासुबिधा निशुल्क गर्ने होडबाजी नै चलेको देखिन्छ । कतिपय स्थानीय तह र प्रदेशमा मुख्यमन्त्री र नगरप्रमुखहरुले महँगा गाडी खरीद गर्ने भनेर बिबाद नभएको भने होईन तर पछिल्लो समयमा गरिएका यस्ता प्रकारका जनपक्षीय निर्णयले स्थानीय तहप्रतिको भरोसा जनतामा बढ्न् छ । काठमाण्डौ महानगरपालीकाले समेत गाडी खरीदका बिबादास्पद निर्णय गर्दै गाडी खरीद गरेको भएपनि यस्ता जनपक्षीय निर्णय गर्दै जाने हो भने जनताले उक्त गाडी खरीद प्रकरण समेत बिस्तारै बिर्सनेछन् ।