राजनीति

प्रधानमन्त्री ओली भन्छन्ः कांग्रेसले संविधान विरोधी भाषा बोल्दैँछ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय सूचना दिवशका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दैँ प्रधानमन्त्री ओली प्रमुख विपक्षी दल नेपाली कांग्रेसविरुद्ध खनिएका छन् । संविधान बनाउदाँ हस्ताक्षर गरेको जिम्मेवार पार्टीले संविधानविरोधी भाषा प्रयोग गर्नु गलत भएको प्रधानमन्त्री ओलीले बताए ।

सन्देशमा प्रधानमन्त्री ओलीले सुचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिकहकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आहवान पनि गरेका छन् । प्रधानमन्त्री ओलीले राज्यका कामकारबाहीलाई नागरिक प्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सुचनामा आम नागरिकको पहुँच सरल र सहज हनुपर्छ भन्ने सरकारको धारणा रहेको बताएका छन् ।

“नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने कुरा तर्फ समेत सजग गराउछु ”प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् ।

सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्न प्रधानमन्त्रीले स्मरण गराए । सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सुचना माग्नु उचित नहुने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
वर्तमान सरकार पारदर्शीता, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र जवाफदेहीताको संस्कृतीमा आधारित भएर सुशासनलाई अघि बढाइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“सुशासनलाई मजवुद बनाउदै समृद्ध नेपाल, सुखी नेपालीको मूल ध्येयलाई साकार तुल्याउन सरकार अघि बढेको छ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।