राजनीति

प्रधानमन्त्रीओलीले गरे एकै दिन पाँचवटा ट्वीट !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको बताए। वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उनले भने, “सुशासन र विकासको आधारशीला तयार भएको छ ।

” प्रधानमन्त्रीले आज विभिन्न पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाम देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्ने उल्लेख गरेका हुन् ।

उनले नेपाली, अङ्गे्रजी, नेवारी, मैथली, भोजपुरी भाषामा ट्वीट गरेका थिए । वर्तमान सरकार गत फागुन ३ गते गठन भएको हो ।