सामाजिक सञ्जाल

जसलाई पायो उसलाई प्रधानन्यायधीश तोक्नु बिधिसम्बत हुन्न : नीलाम्बर आचार्य

काठमाण्डौ । संबैधानिक समितिका पूर्ब सभापति एबम् बरिष्ठ अधिवक्ता नीलाम्बर आचार्य भन्छन् सर्बोच्च अदालतमा भएका न्यायधीशमध्ये सिनियरलाई कामु प्रधानन्यायधीश तोक्ने हो, उपस्थिित नभएकालाई बरिष्ठ तोक्नु बिधिसम्बत होईन आज बिहानै सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यसो धने

‘सर्वोच्च अदालतमा प्रधानन्यायाधीश अनुपस्थित भएमा वा सो पद रिक्त भएमा उपस्थित न्यायाधीशमध्ये वरिष्ठतम न्यायाधीशले कायममुकायम भई काम सम्हाल्ने हो।
बिदामा बसेको न्यायाधीश वरिष्ठतम भए पनि सो कार्य सम्पादन गर्नसक्दैन, त्यसैले कायममुकायम हुनसक्दैन।
यसमा विवाद छैन र नहुनुपर्ने हो।’