राजनीति

सरकार संवैधानिक व्यवस्था र विधानलाई कुल्चेर अघि बढेको छ : डा. महत

पोखरा । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकार संवैधानिक व्यवस्था र विधानलाई कुल्चेर अघि बढेको आरोप लगाएका छन् ।

यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सङ्घीयताको मर्म, क्षेत्राधिकार र मौलिक हकलाई सरकारले ध्यान नदिएको दोषारोपण पनि गरे ।

स्थानीय तहबाटै मनोमानी किसिमले कर वृद्धि गरिएको आरोप लगाउँदै उनले स्थानीय तहले लिन थालेको सेवा शुल्क तथा करले जनता मारमा परेको विचार व्यक्त गरे । काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई आवश्यकता र औचित्यविना करको दर वृद्धि नगर्न निर्देशन दिइएको पनि उनले जानकारी दिए ।