राजनीति

जनसम्पर्क समितिको अधिवेशन गर्न नेता गिरी क्यानडा प्रस्थान

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं पूर्बमन्त्ती दीपक गिरि अमेरिका प्रस्थान गरेका छन् । नेपाली काँग्रेस जनसम्पर्क समिति क्यानडाको दोश्रो अधिवेशन सम्पन्न गर्नको लागि पार्टीको निर्देशन बमोजिम केन्द्रीय प्रतिनिधीको रूपमा काँग्रेस केद्रीय सदस्य गिरी क्यानडा प्रस्थान गरेका हुन् । गिरिको साथमा सिन्धुली जिल्ला काँग्रेस सभापति उज्ज्वल प्रसाद वराल समेत अमेरीकातर्फ प्रस्थान गरेको नेता गिरीको सचिवालयले वताएको छ । अमेरिकामा केही नेता कार्यकर्ताहरुसंगको भेटघाट पछि उनीहरुको टोली सीमानामा रहेको क्यानडाको जनसम्पर्कसमितिको कार्यक्रममा सहभागी हुने छ, उक्त कार्यक्रमको प्रमुख अतिथीको रुपमा नेता गिरी रहने छन् ।

नेपाली जनसम्पर्क समिति क्यानडा, नेपाली काँग्रेसप्रति आस्थावान क्यानडामा बसोबास गर्ने नेपालीहरूको साझा संगठन हो । आगामी सन् २०१८ अगष्ट २६ , २७ र २८ मा क्यानडामा सम्पन्न हुने उक्त अधिवेशनको उदघाटन काँग्रेस नेता दीपक गिरीले गर्नेछन् । आज बेलुका काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतार एयर लाईन्सको विमानद्वारा अमेरीकातर्फ उडान गरेका नेताद्वय गिरी र वरालले करिब एक हप्तासम्म नेपाली जनसम्पर्क समिति अमेरीकाका अधिकारीहरूसँग शिष्टाचार एवम् कुटनैतिक भेटघाट सम्पन्न गरे पश्चात् क्यानडा जाने तालिका रहेको वताईएको छ १ जननायक विपि कोईरालाको निकट रही आफ्नो राजनैतिक जीवन यात्रा शुरू गरेका दीपक गिरीले -सुवर्ण समशेर, गणेशमाण सिंह , कृष्णप्रसाद भट्टराई, गिरीजा प्रसाद कोईराला, सुशील कोईराला जस्ता युगिन नेतासँग सहयात्रा गर्दै राजनैतिक वृतमा साढे चार दशक लामो समय विताएका गिरी  हाल नेपाली काँग्रेसको आन्तरिक र बाहय रूपमा कसरी संगठन बलियो बनाउने भन्ने कार्यमा तल्लीन छन् !