बाग्मती

कृषि शिक्षालाई श्रम र उद्योगसँग जोड्नुपर्छ : नेता शर्मा

रत्ननगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले श्रममा आधारित कृषि शिक्षाको विकास जरुरी रहेको बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनको अखिल (क्रान्तिकारी) एकाइ समितिद्वारा आज भरतपुरमा आयोजित विद्यार्थी बिदाइ कार्यक्रममा उनले भने, “कृषि शिक्षालाई श्रम र उद्योगसँग जोडेर अघि बढ्नुपर्दछ ।”

पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले देशको विकासका लागि प्राविधिक र व्यावसायिक शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै कृषि विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिने नभई आफैँले कृषि शिक्षा र अनुसन्धानलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।

यसका लागि आवश्यक जग्गा सरकारले व्यवस्थापन गर्ने बताउँदै उनले हरेक प्रदेशमा कृषि शिक्षा जरुरी रहेको धारणा व्यक्त गरे।