समाचार

नेपाल युवा परिषद सम्मेलन २०१८ सम्पन्न

काठमाडौं । युएनडीपीको सहयोगमा नेपाल युवा परिषदले ३ दिने राष्ट्रिय युवा भेला यही अगस्ट १२ देखि १४ गते सम्म आयोजना गरेको थियो । अन्तर्राष्टिय विश्व युवा दिवसको सन्र्दभमा आयोजना गरिएको यस कार्यक्रमको थिम ‘सेफ स्पेस फर युथ’ रहेको थियो । जसमा युवाहरुको लागि सुरक्षित र राम्रो प्ल्याटफर्म निर्माण गर्ने, जसले युवाहरुलाई विविधताले भरिएको प्ल्याटफर्ममा आफ्नो तर्क राख्ने तथा मुख्य कुराहरुमा छलफल गर्ने गरिएको थियो ।

जम्मा २०४ जना सहभागी रहेको उक्त कार्यक्रममा ७७ वटै जिल्लाबाट १ पुरुष १ महिलाको दरले सहभागिता रहेको थियो । यसका अलावा अन्य ५० जना युवाहरु सातै प्रदेशवाट अपाङ्ग, दलित तथा पिछडा वर्गबाट समावेस भएका थिए ।

यस कार्यक्रमको उद्घाटन सहरी विकास मन्त्री महमद इस्तियाक राइले गरेका थिए ।  उद्घाटन सेसनमा विकास साझेदार संस्थाहरु, नागरिक समाजका अगुवाहरु तथा मिडियाहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय युवा भेला २०१८ को मुख्य उद्देश्य कृषि क्षेत्रको अवस्थाबारे परिक्षण गर्नु, नेपालमा पर्यटन र आईटीको विकास, युवाहरुलाई आर्थिक विकासमा सहभागी गराउनु, विभिन्न नयाँ इनोभेटिभ आईडियाहरु जसले स्थानीय स्तरमा रोजगारीको श्रृजना गर्न युवाहरुलाई नेतृत्वमा कसरी स्थापित गर्न सकिन्छ भन्ने थियो । युवाहरुलाई संघिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको स्थानीय विकासको योजना तर्जुमा गर्ने तथा पोलिसी निर्माणमा सहभागी गराई विकासको लक्ष्यलाई प्राप्त गर्न दिगो विकासका कार्यहरु संचालन गर्नमा सहयोगी भूमिका खेल्ने बनाउनु हो । युएनडीपीका युथ प्रोग्राम अफिसर बिषम ज्ञावालीले एसडीजिएसको महत्वको बिषयमा आफ्नो प्रिजेन्टेसन राखेका थिए ।

बोटलर्स नेपालका पब्लीक रिलेसन तथा कर्पोरेट अफेयर्स मेनेजर इरिना कार्की गुरुङले कोका कोलाले कसरी पानीको क्षेत्रमा, दिगो कृषिको विकासमा र रिसाइकिलिङको साथ साथै बेभरेज उद्योगको विकासमा कसरी अगाडि बढ्न सक्छ भनेर काम गर्दै आईरहेको छ । यसको लागि यस क्षेत्रमा रहेका युवाहरुलाई कसरी ब्यवसायसँग जोडन सकिन्छ भन्ने बिषयमा हामीले प्लानिङ सेसन समेत गरेका छौं जहाँ पहिलो लिड प्रोभेन्सीयल एक्सन प्लान तयार भएको छ ।

यो तीन दिने सम्मेलनको बिभिन्न सेसनमा एसडिजिएस ओभर भ्यु र स्थानीय करण, प्यानल डिस्कसन, युवाको कृषिमा सहभागिता, टुरिजम र ब्यवसायीक सिप विकास जसता विषयमा छलफल भएको थियो । साथै युवा बिचमा युथ र एसडीजीएस टपिक्समा टक शो समेत संचालन गरिएको थियो । साथै ७ वटा नयाँ आइडियालाई अवार्ड प्रदान गराईएकोे थियो ।

यस यात्रामा नेपाल अन्ट्रप्रनर हबका हिमपाल शेर्पा, कोकाकोला बाट स्नेह राजभन्डारी र मेरो जब डटकमका राजन कोइरालाले उत्कृष्ट ७ अन्ट्रप्रनर आयडियाको सेलेक्सन गरेका थियो । यस कार्यक्रमलाई कोकाकोला इन नेपालले एक्लै फन्डीङ पार्टनरको रुपमा जोडिएको थियो । जुन पहिलो पटक समेत हो ।