साहित्य

मनुजबाबुलाई सम्झदै ‘हर्मिताजमा मनुज’

 

– निरन सापकोटा

मनुजबाबु मिश्रको अवसान भयो

यो दुःखद खबर फिजाउन तानातान भयो
सुनसान आर्यघाट खोज्ने
मनुजको अन्तिम इच्छा बेठेगान रह्यो
परिवारजनलाई हैरान भयो ।
कसले भन्न सक्छ ?

 

उनी हर्मिताज गुफाबाट निस्केकि
अझ भित्र गहिराईमा पसे
सतहमा मनुज पाइदैनन्
उनलाई भेट्न् गहिराईमा पुग्नै पर्छ ।
त्यसैले मनुजले जे गरे गरे
तर हर्मिताज गुफाबाट निस्केनन्
मोनालिसालाई सारी चोली र ढुंङ्ग्री दाइजोदिए ।

नौलो आयाम लिएर
बेलायत फ्रान्समा तहल्का मच्चाए
साहित्यकार रोचकको गलामा
बेरिएको सर्पको फणाँले
समातेको कलम र रचना
मनुजको अद्भुत् बिचित्र अभिव्यक्ति
हर्मिताजकै सहोदर सन्तान हो ।
घोत्लिन खोजेदेखि अहिले पनि
पूर्ण लेखन स्वतन्त्रता कहाँ छ र
भन्ने संदेश हो ।