आर्थिक

एनआईसी एशियाद्वारा एकैदिन तीन वटा शाखा विस्तार

काठमाडौं । एनआईसी एशिया बैंकको ३ वटा नयाँ शाखा विस्तार गरिएको छ । धादिडको धुनिबेशी न.पा. वडा नं.७, स्थित खानीखोलाशाखा र धुनिबेशी न.पा. वडा नं. ६,धार्केस्थित धार्केशाखाको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यबाट र थाक्रे गाउँपालिकावडा नं.६, महादेवबेशी स्थित महादेवबेशी शाखाको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यबाट बुधबार उद्घाटन गरिएको हो ।

यो बैंक मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १८१ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५३अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १२ लाख १९हजार रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

बैंकले हरेक सम्भावितबजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।