समाचार

एकैसाथ २७ जना एसएसपीको सरुवा, को कहाँ परे ? (हेर्नुहोस् सूचि)

काठमाडौं । एकैसाथ २७ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी (एसएसपी)को सरुवा गरिएको छ । गृहमन्त्रालयले बिहिबार यस्तो निर्णय गरेको हो । सरुवा हुने एसएसपीहरुमा बसन्त लामा, रविन्द्र धानुक, प्रद्युम्नकुमार कार्की, विश्वराज पोखरेल, अरुणकुमार बिसी लगायत रहेका छन् ।

उनीहरुलाई क्रमशः महानगरीय प्रहरी परिसर प्रमुख काठमाडौं, प्रहरी परिसर प्रमुख ललितपुर, महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानीपोखरी, नेपाली राजदूतावास नयाँ दिल्ली, अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखामा सरुव गरिएको छ ।

विभिन्न निकायमा बोधार्थ पठाउदैँ एकैसाथ २७ जना एसएपीहरुको सरुवा कार्यान्वयनका लागि निर्देशन गरेको छ । प्रधान कार्यालयका अनुसार बढुवापछि खाली भएका, पूर्ति हुन नसकेका, दरबन्दी रिक्त रहेका स्थानहरुमा एसएसपीहरुको सरुवा गरिएको छ ।

हेर्नुहोस् सूचि:-