राजनीति

पोखरामा बसेको ३८ जिल्ला सभापतीहरुको बैठकले गर्यो यस्तो ७ बुदेँ निर्णय !

काठमाडौं । नेपाली कांग्रेसका स्याङ्जा जिल्ला सभापती कमल पंगेनीको परिवारलाई समवेदन प्रकट गर्न त्यहाँ पुगेका मेची देखि महाकालीसम्मका ३८ जिल्ला सभापतीहरु फर्केका छन् । त्यहाँबाट फर्कने क्रममा पोखरामा बसेको जिल्ला सभापतीहरुको बैठकले केन्द्रिय कार्यसमितिलाई सात बुदेँ सुझाव दिने निर्णय गरेको हो ।

नुवाकोट जिल्ला सभापती जगदीश्वर नरसिंह केसीले सूर्यखबरलाई दिएको जानकारी अनुसार अनुसार बैठकमा भएका निर्णयहरु यस्ता छन्ः–

–जिल्ला सभापतीहरुको हेटौँडामा सम्पन्न २१ बुदेँ घोषणापत्र कार्यान्वयन गर्न दबाब दिने ।

–१३ औँ महाधिवेसनबाट क्रियाशिल सदस्यता कार्ड बुझाएकाहरुले तत्काल जिल्लालाई गराउनुपर्ने ।

–विधान मस्यौँदा समितिमा कम्तीमा दुई जना जिल्ला सभापतीहरु हुनुपर्ने ।

–पार्टी तथा भातृ संस्थाहरुको विधानअनुसार समयभित्र अधिवेसन सम्पन्न गर्नुपर्ने ।

–जिल्ला कार्यसमितिको सहमती विना केन्दिय कार्य समितिका नेताहरु जिल्लामा गएर कार्यक्रम गर्ने प्रथाको अन्त्य गर्ने ।

–पार्टीको केन्द्रिय विभागहरुमा राख्दा जिल्ला कार्यसमितिहरुको सिफारिस भएकालाई मात्र राख्ने ।

–महासमितिको बैठक तत्काल बोलाउनुपर्ने ।