समाचार

पानीमा विष मिसाउनेमाथि कारवाही माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का घनश्याम खतिवडाले मोरङको जाँतेस्थित जाते माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा विषादी मिसाइएको घटनाको निन्दा गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

उनले आपत्कालीन अवस्थामा तत्काल उद्धारका काम तत्काल गर्न सुरक्षाकर्मीलाई पर्याप्त साधनस्रोत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । नेपाली काँग्रेसका प्रकाशमान सिंहले काठमाडौँ क्षेत्र नं १ का भूभाग जलमग्न भएका तथा अधिकांश घरमा धोबीखोला र वाग्मती प्रवेश गरेको जानकारी दिए। बाढीका कारण धेरै भौतिक सम्पत्ति नाश भएको छ भन्दै उनले नदीनाला सफा गर्न स्थापना भएका सङ्घसंस्थाले आफ्नो दायित्व पूरा नगरेको भनी रोष प्रकट गरे ।