पर्यटन/संस्कृति

नब्बे लाख हत्याई लोग्नेसँग डिभोर्स गरेकी हेमानन्द गिरीलाई शंकराचार्य पदमा नियुक्त गरिएकोप्रति स्वर्गद्वारी छात्र परिषदको गम्भीर ध्यानाकर्षण

काठमाडौ । स्वर्गद्वारी छात्र परिषद्ले हिन्दुधर्मको सर्वोच्च शंकराचार्य जस्तो महिमाशाली पदमा अयोग्य ठहरिएकी हेमानन्द गिरीलाई नियुक्त गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक विज्ञप्ती जारी गर्दै परिषद्ले घृणित राजनीति र पैँसाको चलखेलमा सदासर्वदा अयोग्य ठहरिएकी गिरीलाई यो पदमा नियुक्त गरेर पदको दुरुपयोग गरिएको जनाएको हो ।

“स्वर्गद्वारी आश्रम परम्पराको भारतको अयोध्यास्थित जग्गा तथा आश्रम एउटी सोझी मातालाई मर्मत सम्भार गरिदिने भनि झुक्कयाएर जुना अखडालाई बेची महामण्डलेश्वर पद किन्न सफल भएकी कृष्णप्रसाद ढकालसँग २०५६ फागुन १६ गते समाजिक परम्परा अनुसार विवाह भई उनले विदेश गई कमाएको ९० लाख हत्याई सम्बन्ध विच्छेद गरी हिडेकी र विभिन्न राजनीतिक दलहरुमा आफ्नो स्वार्थपूर्ति गर्न लागि परेकी र राजनीतिबाट केही हात नलाग्ने देखेर धर्मको नाममा दुष्प्रचार गर्दै आफूलाई सन्त, सिद्व र विदुषी शंकराचार्य घोषणा गर्दैै हिड्ने स्वनामधन्य कीर्तिपिपासु हिमानन्द गिरी आद्यजगद्गुरु भगवान शंकराचार्य परम्पराको गरिमामय शंकराचार्य पदमा कसरी योग्य हुन्छिन् ?, परिषद्का अध्यक्ष शिवप्रसाद घिमिरे र सचिव अशोक पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, यसप्रकार शंकराचार्य पदका निमित्त चाहिने कुनै पनि योग्यता नभएकी हेमानन्द गिरी कुनै पनि मठको शंकराचार्य हुनैँ सक्दिनन् र उनलाई शंकराचार्य नियुक्त गरिएको भनिएको पशुपति मठ कही पनि नरहेकाले सबै कुराहरु हेममृगझैँ कपोलकल्पित र भाम्रक हुन् ।”

साथै परिषद्ले उक्त कार्यलाई असम्भवको संज्ञा दिदैँ निन्दा समेत गरेको छ । यस्ता कार्यहरुले समाजमा फुट र मुठभेडको अवस्था समेत सिर्जना हुने भन्दैँ परिषद्ले धर्मशास्त्र र परम्परा विरुद्व हुने कुराहरुमा लडिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।