पु.समाचार

प्रचण्ड उत्तर कोरिया नजाने, सोही मितिमा भारत जाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तर कोरियाको भ्रमण स्थगित गर्ने निर्णय गरेका छन् । उनले उक्त निर्णय स्थगित गरे सो मितिमा छिमेकी राष्ट्र भारतको भ्रमण गर्ने भएका हुन् ।

सेप्टेम्बर ९ तारिखमा हुने भनिएको प्रचण्डको भ्रमण किन रोकीयो त्यसबारे भने उनको सचिवालयले केही खुलाएको छैन् ।

नेकपा स्रोतका अनुसार कोरियाली राजदूतावासले उत्तर कोरियाको राष्ट्रिय दिवस समारोहमा सहभागी हुन उत्तर कोरिया बाट अध्यक्ष प्रचण्डकै नेतृत्वको टोलीलाई भ्रमणको निम्तो दिएको थियो ।

तर आएर प्रचण्डले अन्य कुनै अवसरको मौका पारी आउने प्रतिक्रिया दिएको स्रोतले बतायो ।