राजनीति

एकाबिहानै बानेश्वरका बाढीपिडितको घरदैलोमा पुगे पूर्ब महामन्त्री सिँह

काठमाण्डौ । नेपाली काँग्रेसका पूर्ब महमनमन्त्री एबं काठमाण्डौ क्षेत्र नम्बर १ काठमाण्डौका साँसद प्रकाशमान सिंह आज राती धोबीखोलामा आएको बढाीका कारण पुगेको क्षतिको निरिक्षण गरेका छन् ।
आज राती धोबीखोला भरिएर आएको बाढीले काठमाण्डौ क्षेत्र नम्बर १ स्थीत अनामनगर, बानेश्वर, शान्तिनगर लगायतका बिभिन्न ठाँउका जनता प्रभाबित भएपछि नेता सिंह निरिक्षणका लागी आफ्नो क्षेत्रमा हानिएका हुन् ।
आफ्नो क्षेत्रका जो कोहीले बोलाएपनि उपस्थिति भईहाल्ने वीर गणेशमान पुत्र सिंहले तत्काल बाढीपिडितबाट प्रभाबित जनतालाई राहतको ब्यवस्था गर्न सरकारसंग आग्रह गरेका छन् । उनले तत्काल नै काठमाण्डौको वडा नम्बर १० र ३४ का वडाध्यक्ष र काठमाण्डौ महानगरपालिकालाई जनताको दुःखमा तुरुन्त साथ दिन अबलोकनस्थलबाटै आग्रह गरेका छन् ।
पुर्ब उपप्रधानमन्त्री समेत रहेका सिंह बाढी आएर जनतालाई अशर परेको भन्ने सुन्नेबित्तिकै आफ्ना सुरक्षाकर्मी र केही स्थानीय कार्यकर्तासहित बाढीस्थलतिर हानिएको काठमाण्डौ काँग्रेसका एक नेताले सुर्यखबरलाई बताए । गत स्थानीय तहको निर्बाचनमा वडा नम्बर १० काँग्रेसका रामकुमार केसीले बिजय हाँशिल गरेका थिए भने ३४ मा एमालेले बिजय हाँशिल गरेको थियो । प्रतिनिधि सभा निर्बाचनमा भने नेता सिंहले बिजय हाँशिल गरेका थिए । नेतासिंहका साथमा प्रदेश साँसद दीपेन्द्र श्रेष्ठ पनि सहभागी थिए ।