राजनीति

गृहमन्त्रीको ठोकुवाः सबै ठूला माछा मारेर सुन तस्करीको साम्राज्य ध्वस्त पार्न सरकार सफल भयो

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करीमा संलग्न सबै ठूला माछाहरु प्रहरीले नियन्त्रणमा लिईसकिएको ठोकुवा गरेका छन् । मंगलबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले यस्तो ठोकुवा गरेका हुन् ।

पछिल्ला २, ३ बर्ष यता नेपालमा ३८ सय क्वीन्टल सुन तस्करी भएको र त्यो परिणाममा सुनको तस्करी एउटा समूहले मात्रै गरेको उनको दाबी छ ।

‘सुन तस्करीका ठूलै माछाहरु पनि छानविनमा आएका छन् । लगानीकर्ताहरु पनि कानुनको घेरामा आईसकेका छन् । केही फरार छन् ।’ गृहमन्त्री थापाले भने । सुनतस्करीको जालो तोड्न सरकार सफल भएको गहृमन्त्री थापाको दाबी थियो ।

विगतमा प्रहरीको सरुवा, बढुवा हुने गरेको राजनीतिको अन्त्य आफूले गरेको उनले बताए । मापदण्ड बनाएर सरुवा बढुवाको कामको सुरुवात आफनो नेतृत्वमा भएको र यसको निरन्तरता रहिरहने उनले बताए । सुन तस्करीको अनुसंधान तत्कालका लागि स्थगीत भईरहेका बेला गृहमन्त्री थापाबाट आएको यस्तो अभ्ब्यिक्तीले तस्करिको अनुसंधानको बिषयमा अर्थपूर्ण भूमिका खेल्छ ।