अन्तर्राष्ट्रिय

हवाई आक्रमणमा मृत्यु हुने बालबालिकाको सङ्ख्या ४० पुग्यो

साना । हुथी विद्रोहीको बलियो प्रभाव रहेको उत्तरी यमनमा एक बस लक्षित भएको हवाई आक्रमणमा मारिने बालबालिकाको सङ्ख्या ४० पुगेको छ । साउदी अरेबियाआवद्ध संयुक्त सेनाको कारबाहीमा परी ५१ व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय रेडक्रस मङ्गलबार जानकारी दिएको छ ।

यमनको सादा प्रान्तमा गत बिहीबार भएको यस हवाई कारबाहीमा ७० व्यक्ति घाइते भएका र तीमध्ये पनि ४६ जना बालबालिका नै रहेका छन् । साउदी अरेबियाको सीमावर्ती यस प्रान्तमा विद्रोहीहरुको बलियो प्रभाव रहेको इन्टरनेसनल कमिटि अफ द रेडक्रसले जानकारी दिएको छ । सन् २०१५ मा हुथी विद्रोहीविरुद्ध र सरकारको सहयोगमा साउदी अरेबियाआवद्ध हवाई कारबाहीमा बारम्बार सर्वसाधारणको ज्यान जाने गरेको छ ।