राजनीति

प्रकाण्डका छोराद्वारा सर्बोच्चमा रिट दायर, के प्रकाण्डलाई छुटाउनु ठिक हो ?

काठमाडौँ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई छुटाउन भन्दैँ सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । गैरकानुनी रुपमा प्रकाण्डलाई थुनामा राखेको भन्दैँ मंगलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको हो ।

प्रकाण्डका छोरा नरेन्द्रबहादुरद्वारा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको निवेदनका अनुसार राजनीतिक पूर्वाग्रही भएर गृहमन्त्री राम बहादुर थापाको ठाडो निर्देशनमा आफ्ना बाबुलाई पक्राउ गरिएको दाबी गरिएको छ ।

हाल प्रकाण्डलाई राजनीतिक तथा विचारको आधारमा चन्दासम्बन्धी बनावटी र झुट्टा मुद्दा लगाई जिल्ला अदालतबाट म्यादसमेत लिई थुनामा लिईएको हो, छोरा नरेन्द्र बहादुरद्वारा जारी रिट निवेदनमा भनिएको छ ।