साहित्य

रहमानको कृति नेपाली भाषामा

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानले लेखेको ‘द अनफिनिस्ड मेम्वायर्स’ (ती अधुरा संस्मरणहरु) नेपाली संस्करणमा अनुवाद हुने भएकोछ ।
बङ्गलादेश राष्ट्रका रुपमा स्थापित हुनु अगाडिका विषयवस्तु तथा सन् १९७१ का राजनीतिक घटनाक्रमका सेरोफेरोमा पुस्तक केन्द्रित हुने प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए ।
सन् १९४७ मा भारतबाट पाकिस्तान तथा सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश अलग्गिएका थिए । विसं २०१४ मा स्थापित प्रतिष्ठानले पुराना साहित्यकारका विभिन्न कृति सङ्ग्रह तथा प्रकाशन गर्दै आएको छ ।