राजनीति

लोकतन्त्रका मसिया, संविधानका पिता कोईरालालाई किन बिर्सन सकिन्न ?

हेमराज जोशी/काठमाडौं । नेपाली कांग्रेसका तत्कालिन सभापती एवम् पूर्व प्रधानमन्त्री शुशील कोईरालाको ७९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी सोमबार मनाईएको छ । पार्टी, पार्टी निकट भातृसंघसंगठनहरु तथा सरोकारवाला ब्यक्री वा संस्थाहरुले उनको योगदानको स्मरण गर्दै कोईरालाको ७९ औँ जन्मजयन्ती मनाईयो । नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, महिलासंघ लगायतले उनको जन्मजयन्ती मनाएका छन् ।

नेपालको ३७ औँ प्रधानमन्त्री उनी बिपी कोइरालाका विचारले प्रतिपादित समाजवादी नीतिका पक्षधर थिए । कोईराला साधारण रहनसहन र जीवनशैलीका आदर्श व्यक्तीत्व थिए ।

संविधानका निर्माता कोईरालालाई किन बिर्सन सकिन्न ?
२०७२ असोज ३ गते नेपालको संविधान बन्यो । दोस्रो संविधानसभाबाट बनेको यो संविधान नेपाली कांग्रेसको नेतृत्वमा गरेको घोषणा भएको थियो । त्यसको नेतृत्वकर्ता नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए । सायद नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलले त्यसबेलाको सरकारको नेतृत्व गरेको भए संविधान बन्ने सम्भावना थिएन कि भन्ने राजनीतिक बृतमा चर्चा चल्छ । यो कुरा जनमानस र अन्य राजनीतिक दलका मानिसहरुले समेत महसुस गरेकै हुन् । त्यसैले लोकतन्त्रका मसिया भएका कारण सुशील कोइरालाले सरकारको नेतृत्व गर्न पाएका हुन् भन्ने ठोकुवा गर्न सकिन्छ ।

सुशील कोइरालालले प्रधानमन्त्री हुंदा संविधान निर्माण गर्न निकै नै मेहेनत गरेको त्यसबेलाका राजनीतिक घटनाक्रमहरुले देखाउछन् । आफूले गर्न लागेको र आफ्ना राजनीतिक विपक्षीहरुलाई मिलाउन सफल जुनसुकै वर्गीय क्षेत्रीय र राष्ट्रिय शक्तिलाई मिलाउन सफल भए त्यसको उपलब्धि ०५२ सालबाट भएके माओबादी बिद्रोहको बिधिवत ब्यवस्थापन भयो, गणतन्त्र, संघीयता कार्यान्वयनउन्मुख भयो । त्यति मात्र होइन विदेशी कूटनीतिज्ञहरुलाई पनि मिलाउन सफल भए । सबैलाई मिलाएर संविधान जारी गर्न सफल भए । संविधान जारी गर्न नदिनेहरूको दबावमा उनी परेनन् । शान्ति र संविधानको आफ्नो मूल एजेण्डाबाट उनी रातभर विचलित भएनन् । उनलाई भारतका बिदेशमन्त्री जयशंकर आएर संबिधान निर्माण प्रकृया रोक्न अन्तिम समयमा बालुवाटार आएर रोक्ने प्रयास समेत गरेका थिए, तयसबेला सबैतिरबाट संबिधान निर्माणको अन्तिम चरणमा पुगेकाले रोक्न नसकिने बताउदै जबरजस्ती संबिधान घोषणा गरेर छाडे ।

साधारण जीवनशैलीका कोईरालाले पदका लागि कहिल्यै मरिमेटि गर्दैन्थे
२०४६ सालको बहुदलीय व्यवस्था पुनर्स्थापनापछि नेपाली कांग्रेस पटक पटक सरकारमा जाँदा समेत उनले एक पटक पनि मन्त्री वा सरकारी लाभको पद स्वीकारेनन्। त्यसैले अन्य नेताभन्दा उनी स्वच्छ मानिन्छन्। वर्षौँदेखि उनी काठमाडौँमा डेरामा बस्दै आएका थिए। सरल जीवन जिउने नेतामा पनि उनलाई उछिन्ने समकालीन कोही छैनन् भन्दा हुन्छ। काङ्ग्रेस सभापति निर्बाचित भएपछि मात्रै उनी पहिला गिरिजा प्रसाद कोईराला बस्दै भएको महाराजगंजस्थित डेरामा सरेका थिए। नत्र त उनी बस्ने डेरामा मोटर समेत छिर्दैन थियो। तलुवा भाँचिएको चप्पल, सुकुल ओछ्याइएको कोठामा पलंग हैन, चारखुट्टे खाट हुन्थ्यो।

बेलीको अस्पष्टताको कारणः जिब्रोको क्यान्सर
कोइराला जिब्रोको क्यान्सरबाट पीडित थिए। त्यसैले उनको बोली पछिल्लो समयमा त्यति स्पष्ट थिएन। २०६२र६३ को आन्दोलनअघि ज्ञानेन्द्रले ‘कू’ गर्दाताका भने उनको बोली स्पष्ट सुनिन गाह्रो भएको थियो। क्यान्सरको उपचारका लागि उनी नियमित रुपमा अमेरिका गइरहन्थे। १० वर्षअघि उनी चढेको गाडीमा प्रहरी हेडक्वाटर छेउ सेनाको गाडीले हानेर जब शिक्षण अस्पताल र्पुयाइयो, त्यहीं परीक्षण गर्दा जिब्रोमा क्यान्सर भएको पत्ता लागेको थियो। अमेरिकामा उनको क्यान्सरको उपचार गर्दा जिब्रो काटिएपछि बोलीमा प्रस्टता हटेको थियो ।

जन्मदेखि मृत्युसमसम्मको कोईरालाको उकाली ओराली

पूर्बप्रधाानमन्त्री स्व.कोइरालाको जन्म पीता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा प्रददेश नं. को राजधानी विराटनगरमा भएको हो । उनकोे जन्म सन् १९३९ मा भएको थियो। उनका ६ भाइ र एक बहिनी जन्मेका थिए। पीता वन अधिकृत बोधप्रसाद जागीरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेका थिए। त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमा भएको थियो। विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका हुन्।

वि. सं २०१७ मा प्रजातन्त्रको अपहरणपछि उनी १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए। प्रवासमा रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गरेका थिए। उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनीतिक बन्दीजीवन बिताएका थिए। वि.सं. २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका सुशिल २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलन १ मा सक्रियरूपमा लागेका थिए।

बीपी कोइरालाको निधनपछि नेता गिरिजा प्रसाद कोइरालासँग सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न युरोप र अमेरिका भ्रमण गरेका सुशिलले समाजवादी नेता बिली ब्रान्ट, ब्रुनो कास्की तथा अन्य युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गरेका थिए।
सुशीलले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका थिए। पार्टीको एघारौँ महाधिवेशनपछि उनले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम गरे। सरकारी लाभको पदमा नरहेका सुशिल सन्त राजनीतिक नेताका रूपमा पनि परिचित थिए ।

उनले स्वदेश र प्रवासमा नेपाली काङ्ग्रेसका नेता बिपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका थिए। उनले २०४६ सालपछि पार्टीको परराष्ट्रसम्बन्ध विभागका प्रमुख भई काम गरेका थिए। पार्टी सङ्गठनमा विशेष चासो लिने सुशिल तत्कालीन प्रतिनिधिसभा चुनावमा वि.सं. २०४८ र २०५६ (सन् १९९९) मा बाँके जिल्लाबाट निर्वा्चित भएका थिए। सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको एसियाली राजनीतिक दलहरूको पहिलो अन्तर्रा्ष्ट्रिय सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिएका थिए। कोइरालाले सन् २००१मा संसदिय दलको नेता भने शेरबहादुर देउवासँग हारेका थिए। सन् २०१० सेप्टेम्बर २२मा काठमाडौंमा भएको १२ औं महाधिवेशनमा नेपाली काँग्रेसको सभापति चुनिए। सुशिलले १ हजार ६ सय ५२ मत ल्याए, जुन पार्टी विधान अनुसार निर्वा्चित हुन आवश्यक कूल मतको ५० प्रतिशत भन्दा बढी हो।

सुशील कोइरालाको विसं २०७२ माघ २१, राती १२.५० मध्यरातमा काठमाण्डौको महाराजगञ्ज स्थित निवासमा कोइरालाको निधन भएको थियो । केही दिनबाट सामान्य ज्वरोको कारण अस्वस्थ भएका उनलाई चिकित्सकहरूको अनुसार निमोनियाको कारण आकस्मिक निधन भएको बताइएको थियो ।

अन्त्यमा
कोईरालाजस्तैँ अहिलेका राजनीज्ञहरुले स्वार्थहीन राजनीति गर्ने हो भने देशको मुहार फेरिने कुरामा दुई मत छैन् । आफ्नो सम्पूर्ण जीवन देश र जनताका लागि समर्पित गर्ने कोईरालाबाट अहिलेका राजनीतिज्ञहरुले पाठ सिकुन्, कोईरालाप्रति श्रद्धा सुमन ।