कृषि

सप्तरीमा मल अभाव

राजविराज । सप्तरीमा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल आपूर्ति नगर्दा मल अभाव भएको हो । जिल्ला सहकारी सङ्घका प्रबन्धक रमेशकुमार गुप्ताका अनुसार धान रोपाइँ गर्न डिएपी, युरिया र पोटास गरी करीब १५ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । आवश्यकताअनुसार कृषि सामग्री केन्द्रले मल उपलब्ध नगराउँदा किसान समस्यामा परेको गुप्ता बताउँछन् ।

रोपाइँको समयमा जिल्लाका विभिन्न सहकारीले डिएपी, युरिया र पोटास निर्धारण गरिएभन्दा बढी मूल्यमा किसानलाई बिक्री गर्दैआएका छन् । सहकारीले प्रतिबोरा रु ४०० देखि रु ६०० भन्दा बढी मूल्यमा मल बिक्री गर्ने गरेको पाइएको छ । रासायनिक मलको कालोबजारी बढेको गुनासो आएपछि अनुगमन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

मल सहज रुपमा आपूर्ति नगर्दा मार परेको किसानको गुनासो छ । पर्याप्त पानी नपरेपछि धान रोपाइँ गरिने खेतमा धाँजा फाटेको हनुमाननगर कङ्कालनी नगरपालिका–३ का शोभितलाल यादवले बताए ।