मनोरञ्जन

‘तल तल बेशीमा टोटालो’ भन्दै शनम हुदाँहुदै ताने एलिशालाई भोजपुरे करणले !

भोजपुर । दोस्रो पटक भोजपुरमा निर्माण भएको सामाजिक कुरीतीलाई कलाकारितामा प्रस्तुत भएको विदेशीको स्वास्नी–२ को पहिलो गीत सार्वजनिक भएको छ । यूट्युव मार्फत ‘तल तल वेशीमा टोटालो’ बोलको गीत आइतवार सार्वजनिक भएको हो ।

पटकथामा आधारित ‘विदेशीकी स्वास्नी २’ मा चर्चित गायिका मेलिना राई र पावल चाम्लिङ राईको स्वरमा सजिएको दुईवटा गितहरु समावेश गरिनेछन् । जसमध्ये ‘तल तल फुल्यो बेसीमा टोटोला’ बोलको म्यूजिक भिडियोमा मोडल नायिका एलिसा राईकोे नृत्य रहेको छ ।

विशेषतःसमाजमा हुने नारी–पुरुष, छोराछोरीमाथि हुने विभेदलाई चित्रण गरिएको विदेशीकी स्वास्नी—२ मा लैङ्गिक विभेदलाई मूख्य मुद्दा बनाईएको छ भने अन्य सामाजिक विभेद, सरकारी सेवामा आमनागरिकले भोग्नुपर्ने समस्या र नेपाली समाजको समसामायिक घटनाक्रमको विषयबस्तुलाई प्राथमिकतामा राख्दै चलचित्रको कथा चित्रण गरिएको कथा लेखक विरोध बस्नेतले जानकारी दिए । उनले भविष्यमा स्थानियस्तरबाटै सामाजिक विभेदीकरणको उन्मूलन गर्ने किसीमका विषयबस्तुलाई समेटेर युवापुस्ताको बलबुत्तामै स्थानियस्तरका चलचित्रलाई बढावा दिँदै जाने बताए ।

‘पहिलो चलचित्रबाट हामी भोजपुरे दर्शकको धेरै हौसला र माया पायौँ । आशा छ फेरिपनि आउने यो चलचित्रलाई माया गरि दिनुहुनेछ ।’ निर्देशक विनोद प्रधानले पहिलो चलचित्र स्मरण गर्दै ‘विदेशीकी स्वास्नी—२’ को छायाँकंनमा भोजपुरका रमणीय पर्यटकिय क्षेत्र सुन्तलेडाँडा, चखेवा–टेम्केडाँडा, ऐतिहासिक टक्सार क्षेत्र, अन्नपूर्ण डाँडा, तिवारीभञ्ज्याङ, दाँवा सिद्धेश्वर बजार, बोखिम, भोजपुर सदरमुकाम आसपासका ठाउँहरु लगायत काठमाडौँका केहि ठाउँहरुका दृश्यलाई विशेष प्राथमिकताका साथ चलचित्रमा समावेश गरिएको बताए ।

असारभित्र ती स्थानहरुमा छायाँकन सकी साउन पहिलो हप्ता चलचित्रको ईडिटिङपछि प्रोडक्सनको काम सकेर भदौ १५ गते चलचित्र प्रदर्शन गरिने जनाईएको छ । निर्देशक प्रधानका अनुसार असोजबाट प्रदेश नं १ का सबै जिल्लालाई समेटेर चलचित्रको प्रदर्शन गरिने तयारी रहेकोे बताए । पटकथामा आधारित ‘विदेशीकी स्वास्नी २’ मा चर्चित गायिका मेलिना राई र पावल चाम्लिङ राईको स्वरमा सजिएको दुईवटा गितहरु समावेश गरिनेछन् । जसमध्ये ‘तल तल फुल्यो बेसीमा टोटोला’ बोलको म्यूजिक भिडियोमा मोडल नायिका एलिसा राईकोे नृत्य समेत रहको जनाईएको छ ।