सामाजिक सञ्जाल

‘जिन्दगीका अधुरा यात्राहरु’

पार्थो सरकार/काडमाडौं । मैले डराई(डराई उनको अगाडि भने “आई लभ यु बर्नी ।”

उनले भनिन्, “हजूर, के भन्या । मैले सुनिन ।”

मैले अलि हिम्मत जुटाएर उनको आँखामा हेर्दै भनें “आई लभ्यू, तिमीलाई धेरै मनपराउँछु ।”

एक थप्पड मेरो गालामा हिकाईन् उनले । म डराएँ, अब के हुने होरु । तर उनले फेरि भनिन् “बुद्धु । यति भन्न पनि यतिका समय लाुको । माया गरेसि उहिल्यै भन्नु पर्दैनथ्यो । खाली एकोहोरो हेर्ने, पागल१”

म अक्कनवक्क भएँ, मात्रै उनलाई हेरिरहे । अनि मीठो हाँस्दै बिस्तारै मेरो अँगालोमा बाँधिदै भनिन्, “थाु छरु म पनि त चाहन्थे तिमीलाई पहिलेदेखि नै । तिमीले कहिले यति कुरा भन्छौ भन्ने प्रतिक्षामा कति दिन बिताएँ, ऊ भने यतिका दिन तड्पाएर मात्रै वल्ल ।”

मेरो हृदयले चाहेको भन्दा बढी जस्तो माहोल हुँदै थियो, त्यसैले म अत्यन्त विस्मित थिएँ । हठात् मेरो आँखामा घामको झुल्का परेझैं लाग्यो । यसो देखे म त विस्तारामा पो रहेछु । मेरो अँगालोमा त सिरानी थियो । भित्ते घडीमा बिहानको सात बजेको दखें । अनि आफ्नो हातको सिरानीलाई हेर्दै सोचे “धत् म पनि, ओहो कति मीठो संवाद, फेरि सुत्नु पर्यो कति मीठो स्वीकारोक्ति उनको, आहा” भन्दै म फेरि पल्टिएँ निदाएर उही सपना पछ्याउन, तर अहँ, आधा घन्टासम्म कोसिस गरें, निदाइन ।

सँगै क्याम्पसमा पढ्ने साथी थिइन् बर्नी । चार वर्षे पढाइको अवधिको करिब दुई वर्ष पुग्न लागेको थियो । अरुलाई जस्तो भए पनि, मलाई नितान्त मन पर्थिइन् उनी । उनका चञ्चल आँखा, बोल्दा यतायता हल्लाउदै फिल्मकी कुनै रोमान्टिक हिरोइन् भन्दा कम देखिन्न थिइन् उनी । ती आँखाका अलावा उनको स्वभावबाट प्रभावित भएको थिएँ म । सुरुदेखि नै अति चाहन्थें म उनलाई, सधैँ उनकै बारेमा कल्पना गरिरहन्थें । यसैले गर्दा होला सायद मेरो ध्यान पढाइमा खासै जादैनथ्यो। मसँग बोल्दा साथी जस्तै गरी खुलेर बोल्दथिइन् उनी । तर मैले कहिले पनि माया गर्छु भन्न सकेको थिएन । भन्न खोज्दा नसकी नसकी यस्तै गरी समय बित्दै थिए । तेश्रो वर्षको क्लास सुरु भयो । चार पाँच दिन उनी आइनन् । मलाई उनलाई क्लासमा देख्न नपाएकोमा मनमनै नरमाइलो महसुस हुदै थियो ।

यस्तै एकदिन बिहान क्याम्पस आउन केही दुरी बाँकी छदाँ मैले उनलाई अगाडि देखें । हामी दुवै क्याम्पस जादै थियौं । पछाडिबाट मैले भनें, “हेलो बर्नि।”

उनले पछाडि फर्किएर हेरिन् । म त्यसै खुसी भएँ । मैले भनिहालें, “किन त्यति छिटो हिडेकोरु”

यति भनिसक्दा म उनीसम्म आइपुगें । अनि दुवै सँगै हिड्न थाल्यौं । मतिर हेर्दै उनले भनिन्, “त्यसै । अनि के छ त तिम्रो खबर रु पढाई अगाडि बढिसक्यो होला हैनरु”

मैले भनें, “मेरो त ठिकै छ । बरू तिम्रोरु तिमी त चार पाँच दिन आएनौ नि१ किन हो रु”

एक छिन रोकिएर उनले केही भन्न नपाउदै मैले फेरि ठट्टा गरें, “कि डेटिगं सेटिगंतिर त हैनरु”

उनले भनिन्, “धत् के भन्या तेस्तो । मलाई के सोचेको तिमीले ?”
हरेक केटीहरुको भनाइ….

मैले विचैमा भने “तिमीलाई अरुजस्तो त कहाँ सोच्थेर मरु त्यसैले तिमीलाई सजग गराउन भन्या के ।”

“खै तिम्रो कुरा पनि । बरु तिम्री होली नि कोही । सुनाउन त मलाई नि ।” उनले हाँस्दै भनिन् ।

“छे, एउटी जसलाई मैले धेरै मन पराउँछु । त्यो हो तिमी ।” मनमनै भनें तर बोल्न सकिन ।

तर उनको सामु यसो भनें, “खै मैले चाहेर के हुन्छररु चाहनेले रुचाउनुपर्यो निरु”

“पहिला उसलाई थाहा त देऊ कि तिमी उसलाई चाहन्छौ भनेर । मनको कुरा खोल्नुपर्छ टाइममा, नत्र अबेर हुन्छ । फिल्ममा हेरेको छैनौरु उनले भनिन् ।”

म सिरियस भएर भनें, “अँ साच्चै । तिमी किन नआएको रेरु”

“भयो नभनु । टाइम आएसि तिमीलाई थाभैहाल्छ ।”

उनी मसिनो लज्जामिश्रित स्वरमय भनिन् । मैले उनको कुरा बुझिन । क्याम्पस आइहाल्यो । हाम्रो वार्तालाप टुंगियो ।

“अब त भन्नुपर्छ, माया गर्छु भनेर ।” त्यो साझ मैले आफ्नो कोठामा कल्पना गरें, “कति मीठो बोली उनको पहिला थाहा त दिनुपर्छ, मैले माया गर्छु भनेर, उनैले भनेकी । हो, अब त साच्चै भनेरै छाड्छु । मनको कुरा खोल्नुपर्छ रे टाइममा, उनैले भनेकी । अब त खोल्छु, त्यो पनि उनैलाई । भनिदिन्छु जे होला होला । कहिले सम्म गुम्सिएर मनमनै पीडा बोकिराख्नेरु सायद उनले पनि मन पराउँछिन् कि मलाईरु मैले जस्तै भन्न नसकेकी हुन् किरु जे होस् बर्नि तिमीलाई हृदयदेखिनै चाहान्छु । तिमी मेरी प्रेमिका बनिदेऊ, मैले संसारै जित्नेथिएँ ।, आई लभ यु बर्नी । यही भनेर चिठी लेख्छु अनि भोलि उनलाई आफैले दिन्छु । जे होस् जे होस् ।”

यस्तै मैले मनमनै सोच्दै गर्दा मेरो मोबाईलमा रिङ्टोन वज्यो । यसो हेरें आफ्नै कक्षामा पढ्ने युनिसाको फोन थियो जो बर्नि साह्रै मिल्थी । फोन उठाएर मैले मोबाइल कानमा राख्दै भनें, “हेलो।”

युनिसा भनी, “हेलो प्रेम , अहिले व्यालेन्स कम छ, खास कुरा मात्रै भन्छु है ।”

“हुन्छ भनन के कुरा होरु” मैले सोधें ।

उसले भनी, “खुसीको कुरा छ ।बर्नि छे नि हाम्रो क्लासकी । त्यस्को हिजो इंगेजमेन्ट भएछ । दश गते बिहा छ । चोरले मलाई पनि आज मात्रै भनेकी हो । सबै साथीलाई खबर गर्दे है भनेकी थिई । आऊ है । तिम्लाई बर्नीको बिहेमा निम्तो….